चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी « Khabarhub

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल महासंघ (फिफा) को आर्थिक बन्देज खेप्दै आएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले उन्मूक्ति पाएको छ ।

फिफाले १५ मार्च २०२१ मा एन्फामाथि ‘कन्ट्रोल फन्डिङ’ लागू गरेको थियो । एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङको नेतृत्वमा कन्ट्रोल फन्डिङ सिस्टम लिफ्ट गर्ने प्रतिबद्धता पूरा भएको भन्दै एन्फाले प्रेस नोट जारी गरेको छ ।

एन्फाका महासचिव किरण राईद्वारा जारी प्रेस नोटमा वर्तमान नेतृत्व र कार्यसमिति निर्वाचित भएका दिनदेखि नै फुटबल खेलको विकासमा अवरोध, षडयन्त्र, असहयोग, पूर्वाग्रह र अविश्वासको प्रस्ताव खेप्दै आएको उल्लेख छ । ती सबैलाई प्रवृत्तिलाई पराजित गर्दै सफलतासम्म आइपुगेको उल्लेख महासचिव राईले उल्लेख गरेका छन् ।

एन्फाले समग्र विकास, आर्थिक पारदर्शिता, सुशासन र फुटबल खेल प्रवद्र्धनमा उत्कृष्ट योगदान गरेबापत सन् २०२४ अक्टोबर २९ मा एएफसी (एसियन फुटबल कन्फेडेरेसन) बाट ‘एएफसी मेम्बर एसोसिएसन अफ द इयर (गोल्ड) अवार्ड २०२४’ बाट पनि पुरस्कृत भएको उल्लेख छ । यी दुई महत्वपूर्ण निर्णयहरूले एन्फा पूर्ण रूपमा आर्थिक सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त सङ्घमा रूपान्तरण भएको पुष्टि गर्ने र अध्यक्ष नेतृत्वको कार्यसमितिले गरेको प्रतिबद्धता पूरा भएको बताइएको छ ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ४ : २२ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता