चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी « Khabarhub

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल महासंघ (फिफा) को आर्थिक बन्देज खेप्दै आएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले उन्मूक्ति पाएको छ ।

फिफाले १५ मार्च २०२१ मा एन्फामाथि ‘कन्ट्रोल फन्डिङ’ लागू गरेको थियो । एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङको नेतृत्वमा कन्ट्रोल फन्डिङ सिस्टम लिफ्ट गर्ने प्रतिबद्धता पूरा भएको भन्दै एन्फाले प्रेस नोट जारी गरेको छ ।

एन्फाका महासचिव किरण राईद्वारा जारी प्रेस नोटमा वर्तमान नेतृत्व र कार्यसमिति निर्वाचित भएका दिनदेखि नै फुटबल खेलको विकासमा अवरोध, षडयन्त्र, असहयोग, पूर्वाग्रह र अविश्वासको प्रस्ताव खेप्दै आएको उल्लेख छ । ती सबैलाई प्रवृत्तिलाई पराजित गर्दै सफलतासम्म आइपुगेको उल्लेख महासचिव राईले उल्लेख गरेका छन् ।

एन्फाले समग्र विकास, आर्थिक पारदर्शिता, सुशासन र फुटबल खेल प्रवद्र्धनमा उत्कृष्ट योगदान गरेबापत सन् २०२४ अक्टोबर २९ मा एएफसी (एसियन फुटबल कन्फेडेरेसन) बाट ‘एएफसी मेम्बर एसोसिएसन अफ द इयर (गोल्ड) अवार्ड २०२४’ बाट पनि पुरस्कृत भएको उल्लेख छ । यी दुई महत्वपूर्ण निर्णयहरूले एन्फा पूर्ण रूपमा आर्थिक सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त सङ्घमा रूपान्तरण भएको पुष्टि गर्ने र अध्यक्ष नेतृत्वको कार्यसमितिले गरेको प्रतिबद्धता पूरा भएको बताइएको छ ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ४ : २२ बजे

वित्तीय समावेशीकरण सूचकाङ्कमा सुधार

काठमाडौं– नेपालमा वित्तीय सेवामा पहुँच, प्रयोग र गुणस्तरमा उल्लेखनीय सुधार

‘नेपाललाई युक्रेन बनाउन भदौमा विध्वंश मच्चाइयो, निर्वाचनबाट ‘जेलेन्स्की’ ल्याउन खोजिँदैछ’

काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी फागुन २१

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न सबैसँग समन्वय गर्न गृहमन्त्री अर्यालको निर्देशन

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरस्थित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालय

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं– नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोहलाई

प्रतिनिधिसभाको निर्वाचनबाट सकारात्मक परिणाम ल्याउनुपर्छ : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रतिनिधिसभाको निर्वाचनबाट गणतन्त्रवादी शक्तिको पक्षमा