नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैन : अध्यक्ष ढकाल | Khabarhub Khabarhub

नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैन : अध्यक्ष ढकाल


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा तथा विद्यार्थीहरूलाई नेपालमै बस्न आग्रह गरेका छन् । आयोजित राष्ट्रिय युवा महोत्सवमा सम्बोधन गर्दै उनले नेपालमा अपार सम्भावना भएको उल्लेख गर्दै यसको सदुपयोग गर्न आग्रह गरे । 

‘नेपालमा व्यावसायिक रुपमा अपार सम्भावना छन्, नेपालमा जस्तो सम्भावना अन्यत्र छैन, म पनि वैदेशिक रोजगारीका सिलसिलामा जापानमा गएर काम पनि गरेको छु, अनुभवका आधारमा मलाई नेपालका हरेक क्षेत्रमा सम्भावना छन्’, उनले भने।

उनले सरकारले गर्न खोजेको र समाजको आवश्यकता सम्बोधन हुने खालको काम गर्न सकियो भने सफल हुन समय नलाग्ने उल्लेख गरे। नेपालमै पढ्न र नेपालमै अवसर खोज्नका लागि पनि उनले आग्रह गरे।
    
‘मैले सानै उमेरमा अभिभावक गुमाएको व्यक्ति हुँ, सानै उमेरदेखि नै व्यवसायिक क्षेत्रमा केही गरौँ भन्ने सोच थियो, महत्वाकांक्षी नभइ इमानदार भएर काम गर्ने हो भने सफल भइन्छ भन्ने मेरो अनुभव छ’, उनले भने । 

उनले नेपालमा राम्रा कलेज र विश्वविद्यालय भएको उल्लेख गर्दै पढ्नका लागि विदेश जानुपर्ने अवस्था अहिले नरहेको बताए। आफू विश्वका सबै जसो देशमा पुगेको बताउँदै उनले ढकालले नेपाल जस्तो सम्भावना, अवसर भएको ठाउँ अन्यत्र नभएको बताए।

कक्षा १२ पूरा गरी उच्च शिक्षाको यात्रा सुरु गर्न नतिजाको प्रतीक्षामा रहेका विद्यार्थीहरूका लागि लक्षित गरी मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी), सुनौलो नेपाल, परिवर्तनका लागि युवा (युथ फर चेन्ज), वाइइडी टक्स र इन डेप्थ स्टोरी (आइडिएस)ले महोत्सव आयोजना गरेको हो ।

 युवा तथा विद्यार्थीमा नेतृत्व विकास, सकारात्मक मानसिकता र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । 
 

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ४ : ५९ बजे

प्रधान सेनापति सिग्देलले भिडियो सम्बोधन गर्दै

काठमाडाैँ– प्रधान सेनापति अशोकराज सिग्देलले पछिल्लो घटना परिस्थितिबारे जानकारी दिन भिडियो

आत्मसमर्पण गरिसकेका तीन प्रहरीको कोटेश्वरमा निर्मम हत्या

काठमाडौँ- जेन-जी प्रदर्शनकारीका नाममा उत्रिएको समूहले कोटेश्वरमा आत्मसमर्पण गरिसकेका तीन

हेर्दाहेर्दै खण्डहरमा परिणत भयो शीतल निवास (तस्बिरहरू)

काठमाडौँ- जेन-जी प्रदर्शनकारीले राष्ट्रपति कार्यालय शीतल निवास पनि जलाएका छन् ।

आजका समाचार : ढल्यो दुईतिहाइको सत्ता, देश अनिश्चिततातिर, राज्यका तीनै अंग ध्वस्त र राष्ट्रपतिले आन्दोलनकारीलाई बोलाए वार्तामा

राष्ट्रपति पौडेलले जेन-जीसहित आन्दोलनकारीलाई वार्तामा बोलाएराष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विषम

पूर्वराजाको सन्देश : आन्दोलनमा कसैको घुसपैठ नहोस्

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले जेन–जी पुस्ताको आन्दोलन अराजक नबनोस् भन्ने