भारत केरलाकी नर्सलाई यमनमा मृत्युदण्डको सजाय : ‘ब्लडमनी’ अन्तिम विकल्प « Khabarhub

भारत केरलाकी नर्सलाई यमनमा मृत्युदण्डको सजाय : ‘ब्लडमनी’ अन्तिम विकल्प


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यमनमा भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्डको मिति आउन केही दिन मात्र बाँकी रहँदा प्रतिपक्षी राजनीतिक नेताले उनको जीवन बचाउन कूटनीतिक पहल गर्न केन्द्र सरकारलाई आग्रह गरेका छन् ।

कांग्रेस नेता केसी वेणुगोपालले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै जुलाई १६ मा हुने भनिएको मृत्युदण्ड रोक्न तत्काल कूटनीतिक प्रयास गर्न अनुरोध गरेका हुन् ।

‘परिस्थितिको जटिलतालाई ध्यानमा राख्दै, म तपाईंलाई सबै सम्भावित कूटनीतिक प्रयासहरू प्रयोग गर्दै प्राथमिकताका रूपमा पहल गर्न अनुरोध गर्दछु,’ वेणुगोपालले भनेका छन् ।

उनले यमनमा जारी नागरिक अशान्तिका कारण ‘ब्लडमनी’ – वा ‘दियाह’ का लागि भइरहेको वार्तामा अवरोधको सामना गर्नु परेको उल्लेख गरे ।

निमिषा प्रियाको दोषी ठहर र कानुनी विकल्पहरू

केरलाकी ३७ वर्षीया नर्स निमिषा प्रियालाई २०१८ मा उनको यमनी व्यापारिक साझेदार तलाल अब्दो महदीको हत्याको आरोपमा दोषी ठहराइएको थियो ।

उनको मृत्युदण्डको सजायलाई यमनको सर्वोच्च न्यायिक परिषद्ले नोभेम्बर २०२३ मा कायम गरेको थियो र यस वर्षको सुरुमा राष्ट्रपति रशाद अल–अलिमीले अनुमोदन गरेका थिए ।

यमनको शरिया कानून अन्तर्गत पीडितको परिवारले दियाह (ब्लडमनी) स्वीकार गरेमा यस्ता घटनाहरूमा मृत्युदण्डको सजाय घटाउन सकिन्छ ।

उनलाई बचाउने अन्तिम प्रयासमा प्रियाको परिवारले पीडितका आफन्तहरूलाई १० लाख डलर (लगभग आठ करोड ६ लाख भारतीय रुपैयाँ) दिने प्रस्ताव गरेको छ । यद्यपि यसमा कुनै निर्णय भएको छैन ।

अभियानकर्ताले सेभ निमिषा प्रिया इन्टरनेशनल एक्सन काउन्सिल स्थापना गरेर उनको ज्यान बचाउनका लागि पहल गरिरहेका छन् । अभियन्ता बाबु जोनले एनडीटीभीलाई बताएअनुसार परिवारका प्रतिनिधि शमूएल जेरोम पीडितको परिवारसँग प्रत्यक्ष वार्ता गर्न साना पुगेका छन् ।

‘हामीले प्रस्ताव गरेका छौं, अब निर्णय पीडित परिवारको हातमा छ, यदि उनीहरू सहमत भए भने, हामी तुरुन्तै रकम तिर्न तयार छौं,’ जोनले भने ।

एनडीटीभीका अनुसार प्रियाका श्रीमान् टोमी थोमसले केरलाका गभर्नर राजेन्द्र अर्लेकरलाई भेटेर सहयोग गर्न आग्रह गरेका थिए । थोमसले केन्द्र र राज्य सरकारहरू, विदेश मन्त्रालय (एमईए) सँग मिलेर हरसम्भव प्रयास गरिरहेको बताए ।

‘हामी निमिषासँग सम्पर्कमा छौं । अधिकारीहरूले सम्भव सबै गरिरहेका छन्, र हामी सकारात्मक परिणामको आशावादी छौं,’ उनले एएनआईलाई भनेका छन् ।

यस हप्ताको सुरुमा भाकपा राज्यसभा सांसद सन्दोष कुमारले पनि विदेशमन्त्री एस जयशंकरलाई अपिल गर्दै प्रियाको अवस्थालाई मानवीय सङ्कट भएको बताएका थिए ।

‘निमिषाको अग्निपरीक्षाले कानुनी सुरक्षा र मानवीय सहयोगको अभावको बारेमा गम्भीर चिन्ताहरू उठाएको छ, उनले आफ्नो व्यापारिक साझेदारको हातबाट बारम्बार दुव्र्यवहार र जबरजस्तीको सामना गर्नुपरेको थियो, भारतले करुणा र दृढ संकल्पका साथ प्रतिक्रिया दिनुपर्छ,’ कुमारले उल्लेख गरेका छन् ।

‘यमनको कानुनले दियाहमार्फत् समाधान गर्न अनुमति दिन्छ, तर यमनसँग भारतको औपचारिक कूटनीतिक सम्बन्धको अभावले प्रक्रियालाई जटिल बनाएको छ ।’ राज्यसभा सांसद कुमारले भनेका छन् । उनले सरकारलाई मृत्युदण्डको रोकथाम सुनिश्चित गर्न हरेक कूटनीतिक र मानवीय माध्यम प्रयोग गर्न आग्रह गरे ।

विदेश मन्त्रालयद्वारा पूर्ण सहयोगको आश्वासन

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सरकारलाई यस मुद्दाको बारेमा जानकारी रहेको र ‘सम्भव सबै सहयोग प्रदान गरिरहेको’ बताएका छन् ।

अन्तिम आशा पीडित परिवारको क्षमादानमा अडिएको छ । जुलाई १६ को समयसीमा नजिकिँदै गर्दा पीडित परिवारबाट माफी पाउनु मात्र बाँकी कानुनी विकल्प हो । प्रियाको जीवन बचाउन दीयाहको प्रस्ताव समयमै स्वीकार गरिनेमा आशावादी छन् ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ६ : ३८ बजे

अमेरिका-इरान वार्ताअघि इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा

इस्लामावाद- पाकिस्तानले अमेरिका र इरानबीच हुने महत्वपूर्ण वार्ताअघि इस्लामाबादमा दुई

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन