मधेसमा बजेट विवाद समाधान गर्न १४ सदस्यीय कार्यदल गठन « Khabarhub

मधेसमा बजेट विवाद समाधान गर्न १४ सदस्यीय कार्यदल गठन


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशमा बजेट सम्बन्धमा देखिएको अवरोध हटाउन ६ सदस्यीय कार्यदललाई संशोधन गर्दै १४ सदस्यीय कार्यदल गठन भएको छ । 

शनिबार बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरुले सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा गठन भएको ६ सदस्यीय कार्यदलमा मन्त्रीको नाम समावेश गरेको भन्दै आपत्ति जनाउँदै बैठकमा अवरोध गरेपछि सहमति पश्चात पुनः बसेको बैठकमा सभामुख मण्डलले कार्यदलमा रहेका सदस्यहरूको नाम घोषणा गरेका हुन् ।

सभामुख मण्डलले संयोजक पदबाट राजीनामा दिएपछि उपसभामुख बबिता राउत ईशरको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन भएको हो ।  कार्यदलको सदस्यहरूमा मो. समीर, शारदा देवी थापा, चन्दन कुमार सिंह, शम्भु कुमार साह, जंगीलाल राय, नागेन्द्र साह, रमिता प्रधान, रामअशिष यादव, कनिष पटेल, जवाहरलाल कुशवाहा, विमला अन्सारी तरन्नम, कञ्चन विच्छा, उर्मिला देवी सिंह रहेका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक एवं कार्यदलका सदस्य समेत रहेका कनिष पटलले आइतबार भित्र छानविन गर्ने र सोमबार कार्यदलले आफ्नो प्रतिवेदन प्रदेशसभामा पेश गर्ने बताए ।

मधेस सरकारले आर्थिक वर्ष २०८२-८३ को बजेट प्रस्तुत गरेपछि करिब २३ मिनेट छलफल भएपश्चात त्यसयता त्यसमा छलफल हुन सकेको छैन् । प्रतिपक्षी दलका सांसदहरुले बजेटमा बिचौलिया हाबी भएको भन्दै बैठक अवरुद्ध गर्दै आएका थिए । 

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ६ : ३७ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम