डिसीमा राष्ट्रिय सुरक्षा गार्ड तैनाथ गर्दै ट्रम्प « Khabarhub

डिसीमा राष्ट्रिय सुरक्षा गार्ड तैनाथ गर्दै ट्रम्प


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वाशिङ्टन डिसीमा राष्ट्रिय सुरक्षा गार्ड तैनाथ गरेका छन्। उनले सहरको प्रहरी शक्तिलाई नियन्त्रणमा लिँदै सहरलाई अपराधमुक्त बनाउने तथा घरबारबिहीन रहित राजधानी बनाउने योजना सफल पार्न सुरक्षा गार्ड तैनाथ गरेका हुन्।

ट्रम्पले सोमबार नै आठ सय राष्ट्रिय सुरक्षा गार्ड तैनाथ गरेका छन्। उनले अबको अवस्थामा पूर्ण रूपमा गैरकानुनी काम रहित हुने पनि बताएका छन्। सहरमा मेयर मुरियल बाउजरले अपराध बढेको कुरा अस्वीकार गर्दै ३० वर्ष यता नै सबै भन्दा कम अपराध पछिल्लो वर्ष भएको उनको भनाइ छ।

पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले भने, ‘म हाम्रो राजधानी सहरलाई अपराध मुक्त बनाउन यो घोषणा गर्न गइरहेको छु। यो डिस्को स्वतन्त्रता दिवस हो। यसलाई म पुरानै अवस्थामा लैजान चाहन्छु।’

ट्रम्पले डिसीलाई आपराधिक समूहले नियन्त्रणमा लिएको आरोप समेत लगाएका छन्। महानगरीय प्रहरी विभागको तथ्यांक अनुसार सन् २०२३ देखि २०२४ मा हत्यामा ३२ प्रतिशतले कमी आएको छ। सो सङ्ख्या सन् २०१९ यताको सबै भन्दा कमी हो। यस वर्ष पनि १२ प्रतिशतले कमी आएको छ।

ह्वाइट हाउसका डेपुटी चिफ अफ स्टाफ स्टेफन मिलरले भने डिसी बगदादको तुलनामा बढी हिंसात्मक भएको प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ६ : १७ बजे

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक