डिसीमा राष्ट्रिय सुरक्षा गार्ड तैनाथ गर्दै ट्रम्प « Khabarhub

डिसीमा राष्ट्रिय सुरक्षा गार्ड तैनाथ गर्दै ट्रम्प


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वाशिङ्टन डिसीमा राष्ट्रिय सुरक्षा गार्ड तैनाथ गरेका छन्। उनले सहरको प्रहरी शक्तिलाई नियन्त्रणमा लिँदै सहरलाई अपराधमुक्त बनाउने तथा घरबारबिहीन रहित राजधानी बनाउने योजना सफल पार्न सुरक्षा गार्ड तैनाथ गरेका हुन्।

ट्रम्पले सोमबार नै आठ सय राष्ट्रिय सुरक्षा गार्ड तैनाथ गरेका छन्। उनले अबको अवस्थामा पूर्ण रूपमा गैरकानुनी काम रहित हुने पनि बताएका छन्। सहरमा मेयर मुरियल बाउजरले अपराध बढेको कुरा अस्वीकार गर्दै ३० वर्ष यता नै सबै भन्दा कम अपराध पछिल्लो वर्ष भएको उनको भनाइ छ।

पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले भने, ‘म हाम्रो राजधानी सहरलाई अपराध मुक्त बनाउन यो घोषणा गर्न गइरहेको छु। यो डिस्को स्वतन्त्रता दिवस हो। यसलाई म पुरानै अवस्थामा लैजान चाहन्छु।’

ट्रम्पले डिसीलाई आपराधिक समूहले नियन्त्रणमा लिएको आरोप समेत लगाएका छन्। महानगरीय प्रहरी विभागको तथ्यांक अनुसार सन् २०२३ देखि २०२४ मा हत्यामा ३२ प्रतिशतले कमी आएको छ। सो सङ्ख्या सन् २०१९ यताको सबै भन्दा कमी हो। यस वर्ष पनि १२ प्रतिशतले कमी आएको छ।

ह्वाइट हाउसका डेपुटी चिफ अफ स्टाफ स्टेफन मिलरले भने डिसी बगदादको तुलनामा बढी हिंसात्मक भएको प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ६ : १७ बजे

यूक्रेन–अमेरिका वार्ता : शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित

एजेन्सी– यूक्रेन र संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले शनिबार मियामीमा लगातार

कुलमान घिसिङको उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य श्रेष्ठले दिइन् राजीनामा

काठमाडौं– ऊर्जामन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या

नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता हो : राष्ट्रपति

पाटन– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमात्र नभइ नागरिकको जीवनस्तरमा सुधार

विराटनगरलाई सुदूरपश्चिमले दियो १४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको पहिलो खेलमा विराटनगर

ललितपुर महानगरको नयाँ प्रशासनिक भवनको उद्‌घाटन

काठमाडौं– ललितपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवन राष्ट्रपति रामचन्द्र पौडेलले आज