बत्तीमा झल्किएको मत्या पर्व- दिवंगत आत्माको स्मरण « Khabarhub

बत्तीमा झल्किएको मत्या पर्व- दिवंगत आत्माको स्मरण


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मत्यास्पर्व पाटनका नेवार समुदायको एक अनौठो र मनमोहक पर्व हो, जसको नेवारी भाषामा अर्थ हुन्छ- “बत्तीहरूको पर्व।” यो पर्व श्रावण महिनाको कृष्णपक्षको तेस्रो दिन बिहानैदेखि भव्य उत्साह र श्रद्धाका साथ शुरु हुन्छ। क्वाटी पुन्हि र त्यसपछि गाईजात्राको रमाइलो रमझमपछि, मत्याः पर्व ले साँस्कृतिक र आध्यात्मिक रंग थप्छ।

यो पर्वको मुख्य आकर्षण हो- हजारौं उत्साही श्रद्धालुहरू जो रंगीन पोशाकमा सजिएर पाटनको वरिपरि रहेका १३ सय बढी बौद्ध चैत्य, मन्दिर र स्तूपहरूमा एक लामो शोभायात्रा निकाल्छन्। यस शोभायात्रामा करिब तीनदेखि चार हजारसम्म मानिस सहभागी हुन्छन्, जहाँ महिला–पुरुष दुवै आत्मीय भावनासहित अघि बढ्छन्।

हातमा तेलको मैनबत्ती, फूल, चामल, मिठाई, रातो अबिर, धूपबत्ती र गुरु पात्रा लिएर उनीहरू भगवान् बुद्धलाई अर्पण गर्न भेला हुन्छन्। नवौं चन्द्र महिनामा मनाइने गुँलाका पर्वहरूको श्रृंखलामा सबैभन्दा प्रतिक्षित दिन नै मत्याः पर्व हो, जुन गाई जात्रापछि अर्को दिन मनाइन्छ।

इतिहासकारका अनुसार, मत्याः पर्व पाटनको मौलिक पर्व हो, जसको परम्परा करिब १४ सय वर्ष पुरानो छ। यस दिन शहरका विशेष मार्ग खुल्छन्, जसले बौद्ध मन्दिर, चैत्य र अशोक स्तम्भसम्म पुर्‍याउँछन्। जसका परिवारमा कोही दिवंगत भएका छन्, ती श्रद्धालुले मैनबत्ती, तेलको दियो, कपुर, पैसा र प्रियजनको तस्बिर बोकेर यात्रा गर्छन् ।

पौराणिक कथा अनुसार, एक समयको कुरा हो, शाक्यमुनि गौतम निर्वाण (मोक्ष) प्राप्त गर्न गहिरो ध्यान र तपस्यामा बस्नुभएको थियो। उहाँको यो दृढ निश्चय देखेर माराहरू (दुष्ट शक्तिहरू) अत्यन्तै ईर्ष्या भए । त्यसपछि उनीहरूले उहाँलाई ध्यानबाट विचलित पार्ने योजना बनाए ।

माराहरूले विभिन्न रूप धारण गरे । कतिपय डर लाग्दा राक्षसको रूपमा प्रकट भए । केही सुन्दर अप्सराको रूपमा आए र अरूले अन्य आकर्षक वा डर लाग्ने रूप धारण गरे। उनीहरूले सम्भव हुने हरेक उपाय प्रयोग गरी शाक्यमुनिलाई लोभ्याउने, डराउने र मार्गभ्रष्ट पार्ने प्रयास गरे।

शाक्यमुनिको ध्यान र दृढ संकल्प अडिग रह्यो। लामो संघर्षपछि उनले सबै प्रलोभन र बाधाहरूलाई जिते । यसरी उनले ज्ञान प्राप्त गरे। कथाअनुसार, पछि ती माराहरूले आफ्नो गल्ती स्वीकार गरे र भगवान् बुद्धको समक्ष आएर उालाई श्रद्धापूर्वक पूजा गरे। त्यही दिनको सम्झना र विजयको सम्मानमा मत्या : पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ।

मत्याः पर्व केवल बत्ती बाल्ने वा यात्रा गर्ने पर्व मात्र होइन, यो श्रद्धा, इतिहास र समुदायको एकताको सजीव उदाहरण हो। दिवंगत आत्माको सम्झनामा र जीवितहरूको सामूहिक भावनामा यो पर्वले पाटनलाई सांस्कृतिक राजधानीको रूपमा अझ मजबुत बनाइदिन्छ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ८ : ५७ बजे

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने

माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न, सवारी सञ्चालन

फिक्कल– इलाम सदरमुकामबाट झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दूरीको

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा

गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित