युवाको ऊर्जा र सपना राष्ट्रको भविष्य हो : प्रधानमन्त्री ओली « Khabarhub

युवाको ऊर्जा र सपना राष्ट्रको भविष्य हो : प्रधानमन्त्री ओली


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले युवाको ऊर्जा र सपना राष्ट्रको भविष्य भएको बताएका छन्। प्रधानमन्त्री ओलीले आज युवा दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत युवाहरूलाई शुभकामना दिँदै यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य रहेको उल्लेख गर्दै भनेका छन्, “हाम्रो सकारात्मक सोच, निरन्तरको प्रयास र एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउने सङ्कल्प पूरा हुनेछ।”

ओलीले युवा दिवसले युवालाई राजनीतिक क्षेत्रमा सशक्त रुपमा लाग्न प्ररणा दिएकोसमेत बताएका छन्। ‘आज अन्तरराष्ट्रिय युवा दिवस। सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले युवाहरूको योगदान, अधिकार र अवसरको सम्मान गर्ने दिनका रूपमा हरेक वर्ष अगस्ट १२ लाई युवा दिवस घोषणा गर्यो’, उनको शुभकामना सन्देशमा भनिएको छ, पहिलोपटक सन् २००० मा युवा दिवस मनाइएको थियो। यसले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सशक्त बनाउन प्रेरणा दिएको छ।’

आज नेपालसहित विश्वभरि नै युवा दिवस मनाइँदै छ। राष्ट्रिय युवा परिषद्कै अगुवाइमा २०७३ सालदेखि युवा दिवस मनाउन थालिएको हो।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  १० : ३७ बजे

हरिवंश स्टारर ‘भुठान’ प्राइम भिडियोमा

काठमाडौं – भुटानी शरणर्थीको कथामा बनेको वरिष्ठ कलाकार हरिवंश आचार्य

स्याङ्जामा तीन स्वतन्त्रसहित २८ जनाको उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि

१० गते ‘कुमारी’ टिमको कन्सर्ट भृकुटी मण्डपमा, ट्रेलर पनि सार्वजनिक गरिने

काठमाडौं – माघ २३ बाट प्रदर्शनमा आउने फिल्म ‘कुमारी’को प्रचारको

डाभोसमा ग्रिनल्यान्डलाई लिएर ट्रम्प–युरोप तनाव

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार युरोपेली नेताहरूसँगको सम्भावित

दमकमा युवादेखि वृद्धासम्मलाई भेट्न व्यस्त ओली

दमक– झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार केपी शर्मा ओली दमकमा