सैनिक तैनाथी बढाएर पुटिन-ट्रम्प वार्ता हुन लागेको जेलेन्स्कीको आरोप « Khabarhub

सैनिक तैनाथी बढाएर पुटिन-ट्रम्प वार्ता हुन लागेको जेलेन्स्कीको आरोप


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले युद्धरत रूसमाथि ‘सैनिक तैनाथी बढाएर अमेरिकासँग वार्ता गर्न लागेको आरोप लगाएका छन्‌ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच तीन दिनपछि (अगष्ट १५ मा) अलास्कामा भेटवार्ता हुँदैछ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले रूसी राष्ट्रपति पुटिनलाई केही समययता युक्रेनमाथि आक्रमण तत्काल रोक्न, अन्यथा गम्भीर परिणाम भोग्न तयार हुन चेतावनी दिँदै आएका छन्‌ । पुटिनले पनि रूसलाई कमजोर नआँक्न भन्दै कडा प्रतिवाद गरेका छन्‌ ।

यही कटु वाकयुद्धबीच दुई नेताबीच भेटवार्ता हुन लागेको हो । भेटवार्ताको पूर्वसन्ध्यामा पुटिनले आफू युद्धविरामका लागि तयार रहेको पनि बताएका छन्‌ ।

तर, युद्धविरामको नाटक गरेर पुटिनले वास्तवमा केही नगरेको आरोप यु्क्रेनी राष्ट्रपति जेलेन्स्कीले लगाएका हुन्‌ । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्‌, ‘पुटिनले के तयारी गरिरहेका छन्‌ भन्नेबारे खुफिया र सैन्य कमाण्डबाट थप एक रिपोर्ट प्राप्त भएको छ, यो स्पष्ट भएको छ कि पुटिन न युद्धविरामको तयारी गर्दैछन्‌, न त युद्ध समाप्त गर्ने तयारी ।’

अमेरिकासँग हुने वार्तालाई पुटिनले आफ्नो व्यक्तिगत जीतका रूपमा पेश गर्न चाहेको जेलेन्स्कीले उल्लेख गरेका छन्‌ । वार्ता सकिएपछि पुटिनले युक्रेनमाथि पहिले झैँ दबाब बढाउने उनको भनाइ छ ।

रूसबाट युद्धविरामबारे आफूले कुनै सङ्केत प्राप्त नगरेको र रूसी पक्षलाई पनि युद्धपश्चात्‌को तयारीका लागि केही भनेको नबुझिएको जेलेन्स्कीले दाबी गरेका छन्‌ ।

जेलेन्स्कीले अगाडि भनेका छन्‌, ‘यस विपरीत रूसले आफ्ना सैनिक र सामरिक शक्ति तैनाथ गरिरहेको छ, यसले नयाँ सैन्य कारबाही तयारीको सङ्केत गरेको छ, शान्ति चाहने कसैले यस्तो गर्दैन ।’

भेटवार्ता हुनुअघि ट्रम्पले युक्रेनका केही हिस्सा रूसबाट फिर्ता गराउने प्रयासमा लाग्ने बताएका छन्‌ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  १२ : २६ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री