मञ्जुश्री फाइनान्सको खुद नाफा ४० प्रतिशतले बढ्यो « Khabarhub

मञ्जुश्री फाइनान्सको खुद नाफा ४० प्रतिशतले बढ्यो


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार संस्थाको  खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा संस्थाले ३१ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.९७ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष संस्थाले २२ करोड ४६ लाख  रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानीसँगै सञ्चालन आम्दानीमा वृद्धि हुँदा संस्थाको खुद नाफा बढेको हो ।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ८७ करोड ३२ लाख रुपैयाँ छ । यो अघिल्लो वर्षको तुलनामा १६.५१ प्रतिशतले बढेको हो । साथै, संस्थाको सञ्चालन मुनाफा ४८.५० प्रतिशतले बढेर ५१ करोड ८० लाख रुपैयाँ पुगेको छ । यस अवधिमा संस्थाको वितरण योग्य मुनाफा ३५ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

संस्थाको निक्षेप २५.८९ प्रतिशतले वृद्धि भै २२ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ भने कुल कर्जा १९.६५ प्रतिशतले वृद्धि भै १८ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । चुक्ता पुँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको मञ्जुश्रीको रिटेन्ड अर्निङ ७३ करोड ८२ लाख रुपैयाँ र जगेडा कोषमा समेत ७३ करोड ८२ लाख रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमा संस्थाको खराब कर्जा ३.२२ प्रतिशतबाट घटेर ३.११ प्रतिशत पुगेको छ । नाफासँगै संस्थाको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा संस्थाको यस्तो आम्दानी ६ रुपैयाँ ६४ पैसाले बढेर २३ रुपैयाँ २६ पैसा पुगेको छ । संस्थाको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ८५ पैसा रहेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २६.७९ गुणा छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  १२ : ३३ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय

प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी

लन्डन- बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले मङ्गलबार आफ्नो लेबर पार्टीको वार्षिक