हङकङको साम्पाङ जुम्लेखामा नारायण  « Khabarhub

हङकङको साम्पाङ जुम्लेखामा नारायण 


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

हङकङ- किरात साम्पाङ राई जुम्लेखा हङकङको छैटौँ अधिवेशनले नारायणप्रसाद राईको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

जोर्डनस्थित बगैँचा रेस्टुरेन्ट एण्ड बारको सभाकक्षमा भएको उक्त अधिवेशनबाट उपाध्यक्ष  दीपक केशर राई, सचिव मणिराज राई, सहसचिव रविचन्द्र राई, कोषाध्यक्ष केशव राई, सहकोषाध्यक्ष जय राई, सदस्य देउ बहादुर राई, श्याम राई, नरेन्द्र राई, अर्जुन राई, कला राई, बिना राई, दीपा राई, विजय राई र कर्णवीर राई चयन भएका छन्।

सो अधिवेशनमा किरात राई यायोक्खाका अध्यक्ष गजेन्द्र राई प्रमुख अतिथि र नेपाल आदिवासी जनजाति महासङ्घ मकाउका अध्यक्ष भीम किराती विशेष अतिथि रहेका थिए ।

उक्त संस्थाका सचिव मणिराज साम्पाङ राईले सञ्चालन गरेको औपचारिक कार्यक्रममा किरात राई यायोक्खा सम्बद्ध भाषिक संस्था किरात राई चाम्लिङ खाम्बातिमका अध्यक्ष सर्वधन राई, पुमा तुप्खा बाङ्खालाका अध्यक्ष पेङ किरात, बान्तावाखिमका अध्यक्ष दुर्गाकान्त राई, दुमी फन्सिखिमका अध्यक्ष कमल दुमी राई, थुलुङ (राई) सामाका अध्यक्ष दिनेश थुलुङ राई थिए । 

यसैगरी कोयु र कोयी किमका अध्यक्ष प्रकाश राई, बायुङ सुम्निखिमका अध्यक्ष लोखराज राई, साम्पाङ राई जुम्लेखाका संस्थापक अध्यक्ष हरिचन्द्र राई, किरात राई प्रज्ञा प्रतिष्ठानका कुलपति शशिमदन राई, इलाम समाजका अध्यक्ष वसन्त (विपिन) राई, नेपाल फाइनान्सका प्रमुख धिराजकुमार राई लगायतका विशिष्ट व्यक्तित्वहरू अतिथिगणमा आमन्त्रित थिए। 

सर्वसम्मत चयन भएका पदाधिकारीहरूलाई उक्त संस्थाका संस्थापक अध्यक्ष तथा निर्वाचन मण्डल प्रमुख हरिचन्द्र राईले पद तथा गोपनियताको शपथ खुवाएका थिए।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  १ : २९ बजे

पोखरा विश्वविद्यालयका चार संकायमा डिन नियुक्तिका लागि आवेदन आह्वान

पोखरा – पोखरा विश्वविद्यालयले चारवटै संकायमा खुला प्रतिस्पर्धाका आधारमा डिन

कान्ति राजमार्गको एकतर्फी नियम हटाइयो

हेटौँडा – हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति

‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक