रास्वपा र राप्रपाले गरे संसद् बहिष्कार  « Khabarhub

रास्वपा र राप्रपाले गरे संसद् बहिष्कार 


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । 

भिजिट भिसा प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनका लागि सरकारले वास्ता नगरेको भन्दै बैठक बहिष्कार गरेका हुन् ।  

बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद शिशिर खनाललाई बोल्न अनुमति दिएका थिए । 

उनले भिजिट भिसा प्रकरणमा आफूहरूको मागअनुरूप छानबिन गर्न समिति नबनाइएकोले नबन्दासम्म विरोध गरिरहने बताए । उनीपछि सभामुख घिमिरेले राप्रपाका सांसद बिना लामालाई बोल्न अनुमति दिएका थिए । 

सांसद लामा बोलिसकेपछि रास्वपा र राप्रपाका सांसदहरू बैठक कक्षबाट बाहिरिएका छन् । उनीहरू गत जेठ १३ गतेदखि लगातार संसद बैठक बहिष्कार गर्दै आएका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  २ : ४७ बजे

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा