उपचारका क्रममा एक कैदीको मृत्यु « Khabarhub

उपचारका क्रममा एक कैदीको मृत्यु


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– यहाँस्थित वीरगञ्ज कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका वीरगञ्ज महानगर–२५ का राहुलकुमार साहको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

आज बिहानदेखि छाती दुख्ने र फुल्ने समस्या देखिएपछि कैदी साहलाई नारायणी अस्पताल पुर्‍याएको र उपचारका क्रममा मृत्यु भएको कारागार प्रमुख खिमराज भुसालले जानकारी दिए । साह विसं २०७९ देखि कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गर्दै आइरहेका थिए ।  

पर्सा प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएपछि नारायणी अस्पताल परिसरमा आफन्तले विरोधस्वरूप प्रदर्शनीमा उत्रिएको जानकारी दिए ।

 उनले भने, ‘अस्पताल परिसरमा पर्याप्त सुरक्षाकर्मी खटाएर शान्तिसुरक्षा कायम गर्ने प्रयास गरिरहेका छौँ ।’

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ३ : ०२ बजे

रसुवा बाढी पीडितलाई भृकुटी मण्डपका व्यापारीको साढे १३ लाख सहयोग

काठमाडौं – भृकुटी मण्डपस्थित खुला बजारका व्यापारीहरूको संस्था ‘काठमाडौं निम्न

रसुवाको पुकार, ‘सरकार, फेसबुकमा होइन, हाम्रो आँगनमा आइदिनुस्’

रसुवा- भोटेकोसी र त्रिशूलीको किनारमा ६ दिनदेखि त्रास, अभाव र

‘केन्द्र सरकारले समन्वय गरेन, मन्त्रीहरू टुरिस्ट शैलीमा आउँछन्, बाढी प्रभावित पालिका निरीह भयौँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिका कार्यवाहक अध्यक्ष अर्जुन न्यौपानेले बाढी प्रभावित

अमेरिका–दक्षिण कोरिया–जापानको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति

एजेन्सी– दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले सेप्टेम्बरमा आयोजना

परराष्ट्रले भन्यो- ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन्

काठमाडौं– परराष्ट्र मन्त्रालयले ३८ देशका करिब ५९० विदेशी नागरिक अझै