कमल हासन मुछिए विवादमा, आयो ज्यान मार्ने धम्की « Khabarhub

कमल हासन मुछिए विवादमा, आयो ज्यान मार्ने धम्की


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण भारतीय अभिनेता तथा राजनीतिज्ञ कमल हासन हाल सनातन धर्मबारे दिएको टिप्पणीका कारण विवादमा परेका छन्। उनको टिप्पणीपछि बहिष्कारको माग चर्किँदै जाँदा, अब उनलाई मृत्युको धम्कीसमेत आएको छ। 

तमिल स्टार सूर्यको एनजिओ अग्रम फाउन्डेसन को १५ वर्षे समारोहमा हसनले केन्द्र सरकारको राष्ट्रिय योग्यता र प्रवेश परीक्षालाई ‘धेरै एमबीबीएस आकांक्षीको सपना तोड्ने र सनातन धर्मको गलत परिणाम’ भन्दै आलोचना गरेका थिए।

राज्यसभा सांसद तथा मक्कल निधि मैयमका संस्थापक समेत रहेका हासनले शिक्षा मात्र देश परिवर्तनको हतियार भएको दाबी गर्दै, ‘अधिनायकवाद र सनातनको जञ्जाल तोड्न शिक्षा नै प्रभावकारी साधन हो’ भन्ने अडान दोहोर्‍याए।

यो टिप्पणीपछि उनलाई सामाजिक संजाल र सार्वजनिक कार्यक्रममा आलोचना गर्न थालिएको छ। भारतीय मिडिया टाइम्स अफ इंडियाका अनुसार टेलिभिजन अभिनेता रविचन्द्रनले युट्युब अन्तर्वार्तामा हसनलाई ‘अनुभवहीन राजनीतिज्ञ’ भन्दै उनको ‘घाँटी रेट्ने’ धम्की दिएका छन्।

तमिलनाडु भाजपा इकाइले यस विषयमा कडा प्रतिक्रिया जनाउँदै हसनका फिल्महरूको बहिष्कारको माग गरेको छ। भाजपाकी वरिष्ठ नेतृ तमिलिसाई सौन्दरराजनले पनि हसनमाथि हिन्दू मूल्यहरूको अपमान गरेको आरोप लगाउँदै उनको वक्तव्यको निन्दा गरेकी छिन्।

हाल यो विषयमा राजनीतिक र सामाजिक दुवै तहमा बहस चर्किएको छ, जसले धार्मिक आस्था, अभिव्यक्ति स्वतन्त्रता र सार्वजनिक व्यक्तित्वको जिम्मेवारीबारे नयाँ प्रश्न उठाएको छ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ३ : १४ बजे

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको

झापा-५ का मतदातासँग भलाकुसारीमा जुटे बालेन

काठमाडौं – झापा–५ बाट उम्मेदवार बनेका बालेन्द्र साह मतदातासँगको छलफलमा

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको