परराष्ट्रमन्त्रीको निष्कर्ष : नेपाली युवाहरू टिकटक लगायत सामाजिक सञ्जालको लतमा फसे « Khabarhub

परराष्ट्रमन्त्रीको निष्कर्ष : नेपाली युवाहरू टिकटक लगायत सामाजिक सञ्जालको लतमा फसे


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले देशका युवाहरूलाई सकारात्मक सोच मात्रै राख्न सुझाएकी छन् ।

विद्यालय र विश्वविद्यालयमा औपचारिक अध्ययनपछि केही न केही जीवनोपयोगी सीप सिकेर दक्ष बन्न पनि उनले युवाहरूलाई सुझाएकी छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा नेपाल युथ फाउण्डेसनद्वारा आज ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले नेपालका कयौँ युवाहरू टिकटक लगायत सामाजिक सञ्जालको कुलतमा फसेको पनि तर्क गरिन् ।

‘अहिले धेरै युवाहरू टिकटक लगायतका सामाजिक सञ्जालको लतमा फसिरहेको पाइन्छ । तिनको प्रयोग आफ्नो ज्ञान र सीपको दायरा बढाउने काममा मात्र गर्नुहोस्’, उनले भनिन्, ‘जीवनमा नकारात्मकता फौलाउने काममा कहिल्यै नलाग्नुहोस्, यसले तपाईंहरूको जीवनमा कुनै राम्रो ऊर्जा दिँदैन ।’

युवा वर्ग देशको ठूलो पुँजी भएकाले उनीहरूको ऊर्जा, समय र क्षमताको पहिचान गरेर देश विकासमा लगाउनुपर्ने उनले बताइन् ।

समृद्ध नेपाल निर्माणको आधार भनेको युवा शक्ति नै भएकाले उनीहरुप्रति नै देशले भर गरेको पनि उनको तर्क थियो ।

नेपालको जनसङ्ख्याको ठूलो हिस्सा युवाहरूको रहेकाले यही वर्गले नै मुलुकको भविष्य निर्माणमा योगदान गर्न सक्ने उनको भनाइ थियो ।

मन्त्री डा राणाले युवाहरु सबै विदेश गए, देश नै खाली भइसक्यो भन्ने जस्तो भाष्य निर्माण गरिएको प्रसङ्ग पनि उल्लेख गरिन् ।

‘म युवाहरू विदेश जानै हुँदैन भन्ने पक्षमा छैन । म भन्छु यहाँहरू विदेश जानुस्, तर त्यहाँ ज्ञान, सीप र पुँजी आर्जन गरेर स्वदेश फर्किनुस् । हाम्रै माटोलाई समृद्ध बनाउनुपर्छ । सबै मिलेर देशको विकास गर्नुपर्छ’, उनले भनिन् ।

स्वदेश फर्किएका कैयौँ युवाले विदेशमा आर्जन गरेको पुँजी र ज्ञान प्रयोग गरेर उद्यमशीलतालाई अघि बढाएका उनले बताइन् ।

मन्त्री डा राणाले युवाहरुको यो अग्रसरतामा सरकारको सधैँ साथ र सहयोग रहने स्पष्ट गरिन् ।

मन्त्री डा राणाले प्रविधि, शिक्षा, खेलकुद, उद्यम लगायतका कैयौँ क्षेत्रमा नेपाली युवाले प्रतिस्पर्धा गरी अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गरिरहेका प्रसङ्ग पनि उल्लेख गरिन् ।

नेपालीहरूले संसारमै परिश्रमी र इमान्दारको पहिचान बनाएको बताउँदै मन्त्री डा. राणाले यसलाई पनि पुँजीका रुपमा लिनुपर्ने बताइन् ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ३ : २१ बजे

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर