नेपालको प्रविधि रूपान्तरणका लागि साझा दृष्टिकोण निर्माण सम्बन्धी कार्यशाला  « Khabarhub

नेपालको प्रविधि रूपान्तरणका लागि साझा दृष्टिकोण निर्माण सम्बन्धी कार्यशाला 


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको दिगो विकास र समृद्धिको लागि प्रविधिको रूपान्तरणकारी सम्भावनालाई उजागर गर्दै साझा दृष्टिकोण निर्माण गर्ने उद्देश्यका साथ आज सरोकारवाला निकायहरूको उपस्थितिमा एक कार्यशाला काठमाडौँमा सम्पन्न भएको छ । 

कार्यशालाको सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विश्वव्यापी रूपमा प्रविधिले अर्थतन्त्र, समाज र शासनलाई तीव्र गतिमा पुनर्गठन गरिरहेको बताएका छन् । नेपालको लागि डिजिटल क्रान्ति अँगाल्नु विकल्प मात्रै नभई आवश्यकता भएको उनले बताए । प्रविधिको प्रभावकारी प्रयोगले सेवा वितरणमा सुधार, रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा बढाउने उनको भनाई छ ।

हाल नेपालमा इन्टरनेट पहुँच विस्तार र सूचना प्रविधि क्षेत्रमा प्रतिभाशाली युवाको सङ्ख्या बढ्दो भए पनि पूर्वाधारको पर्याप्त विकास, सबै जनशक्तिमा डिजिटल साक्षरता, स्टार्टअपका लागि नीति समर्थन, वित्त तथा बजारमा पहुँच जस्ता क्षेत्रमा अझै चुनौती रहेको मन्त्री भण्डारीको भनाई छ ।

उनले भने, ‘डिजिटल नेपाल फ्रेमवर्क, राष्ट्रिय स्टार्टअप उद्यम नीति २०८१, औद्योगिक व्यवसाय ऐन २०७६, र कम्पनी ऐन २०६३ मा समावेश प्रावधानलाई सकारात्मक कदमका रूपमा मूल्यांकन गरिएको छ । तर, सीप विकास रोडम्यापको अभाव, संस्थागत तथा नियामक कमजोरी, शिक्षा र नवीन पूर्वाधारमा छरिएको लगानी जस्ता अवरोधहरूलाई तत्काल सम्बोधन गर्नुपर्ने छ ।’

 मन्त्री भण्डारीले प्रविधिहरू परिस्कृत भैरहेकोमा नयाँ पुस्ताले यसको सदुपयोग गर्दै नेपालमै सुनौलो भविष्य खोज्नुपर्नेमा जोड दिए ।  प्रविधिले सम्भावनाका ढोकाहरू खुल्ला गरेको भन्दै उनले यो प्रणालीको विकासमा जोडदिनुपर्ने बताए।  

कार्यशालामा सरकारी निकाय, निजी क्षेत्र, विज्ञ, उद्यमी, र विकास साझेदारहरूको प्रतिनिधित्व रहेको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ३ : ५१ बजे

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा