शक्ति बस्नेत भन्छन्- एक वर्षको अवधिमै सरकारले आफ्नो औचित्य गुमाउँदै गयो « Khabarhub

शक्ति बस्नेत भन्छन्- एक वर्षको अवधिमै सरकारले आफ्नो औचित्य गुमाउँदै गयो


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले एक वर्षको अवधिमा वर्तमान सरकारले आफ्नो औचित्य गुमाउँदै गएको बताएका छन् ।  

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै बस्नेतले एक वर्षको अवधिको अवधिमा ठूला दल मिलेर गठन भएको वर्तमान सरकारले आफ्नो औचित्य गुमाउँदै गएको बताएका हुन् ।

उनले भारतको उत्तराखण्डमा आएको बाढीमा बेपत्ता नेपालीहरूको खोजी कार्यका लागि सरकारले कुनै पहल गर्न नसकेको जिकिर गरे  । उनले कूटनीतिक तवरबाट उक्त घटनामा बेपत्ता भएका नेपाली नागरिकको खोजीका लागि भइरहेको पहलका बारेमा सदनमा जानकारी दिन सरकारसँग माग गरे । 

बस्नेतले मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर मात्रै नपुग्ने भन्दै सो क्षेत्रका जनतालाई सरकारी तवरबाट भएको राहत लगायतका कामका बारेमा समेत जानकारी गराउन माग गरे । 

उनले कैलाली कारागारमा भएको घटना सुरक्षा कमजोरी मात्रै नभई सरकारको गैर जिम्मेवारपन व्यवहारको परिणाम भएको आरोप लगाए  ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ४ : ५० बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट