कर प्रणालीलाई पारदर्शी बनाउनुपर्नेमा सांसदहरूको जोड « Khabarhub

कर प्रणालीलाई पारदर्शी बनाउनुपर्नेमा सांसदहरूको जोड


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले देशको कर प्रणालीलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिएका छन् । 

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनीहरूले पुँजीवादी मुलुकमा पनि प्रगतिशील कर प्रणाली अवलम्बन गरिएको चर्चा गर्दै कर प्रणाली पारदर्शी नहुँदा वित्तीय अनुशासन कायम हुन नसकेको बताए। 

नेपाली कांग्रेसका नारायणदत्त मिश्र र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की उर्मिला अर्यालले कर प्रणालीलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिएका हुन् । चिनीले भरिएका बोरालाई चामल भनेर भन्सारबाट बिल बनाइने गरेको आरोप सांसद मिश्रले लगाए। राष्ट्र निर्माणमा महिलाले गरेको योगदानको कदर नभएको तथा उनीहरूलाई उचित स्थान नदिइएको गुनासो सांसद अर्यालको थियो । 

यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सांसद मदनकुमारी शाह(गरिमा) ले युवा लक्षित नीति तथा कार्यक्रम  कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् । 
    
 नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले अविरल वर्षाका कारण देशका विभिन्न भागमा पहिरो खस्दा सडक अवरुद्ध भएकाले तिनको मर्मतसम्भारलाई प्राथमिकता दिन सरकारसँग अनुरोध गरिन्। 

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ४ : ५२ बजे

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री