राजीनामापछि रामहरिले भने- पार्टीले दबाब दिएको होइन, सभापतिले पर्दैन भने पनि मनले नमानेर छाडेँ « Khabarhub

राजीनामापछि रामहरिले भने- पार्टीले दबाब दिएको होइन, सभापतिले पर्दैन भने पनि मनले नमानेर छाडेँ


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था समितिबाट राजीनामा दिन पार्टीले कुनै दबाब नदिएको बताएका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा राजीनामाको घोषणा गरेपछि संसद भवनमा सञ्चारकर्मीको प्रश्नमा खतिवडाले राजीनामा दिन पार्टीले कुनै दबाब नदिएको बरु पार्टी सभापतिले पदमा नै बस्नु भनेको बताए । यद्दपी मनले नमानेपछि राजीनामा दिएको उनको भनाइ छ ।

खतिवडाले कुलिङ अफ पिरियडसम्बन्धी छानविन समिति बनेकै दिन सभापतिको हैसियतमा प्राप्त भएका सवै सेवा सुविधा समेत फिर्ता गरेको उल्लेख गरे । 

खतिवडाले कुलिङ अफ पिरियड सम्बन्धी व्यवस्थामा भएको त्रुटिको नैतिक जिम्मेवारी लिदै मंगलबार पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ५ : ३१ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म