प्रमुख सचेतकहरूसँग छलफलमा जुटे सभामुख घिमिरे « Khabarhub

प्रमुख सचेतकहरूसँग छलफलमा जुटे सभामुख घिमिरे


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख पाँच दलका प्रमुख सचेतकहरूसँग छलफलमा जुटेका छन् । मंगलबारको संसद् बैठक सकिए लगत्तै उनी प्रमुख सचेतकहरूसँग छलफलमा जुटेका हुन् ।
 
‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ कार्यान्वयनका विषयमा संसद् बैठक सकिए लगत्तै सिंहदरबारमा प्रमुख पाँच दलका प्रमुख सचेतकसँग छलफल भइरहेको सभामुखको सचिवालयले जनाएको छ । 

यसअघि सभामुख घिमिरेले मंगलबार बिहान ११ बजे प्रमुख सचेतकहरूसँग गर्ने भनिएको संयुक्त छलफल अन्तिम समयमा आएर स्थगित भएको थियो । 

सभामुख घिमिरेले सोमबार सिंहदरबारस्थित कार्यकक्षमा प्रतिनिधिसभामा पेस भएको उक्त प्रतिवेदन कार्यान्वयनबारे नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्ताैला र नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग छलफल गरेका थिए । 

सचिवालयकाअनुसार सोमबार नै सभामुख घिमिरेले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयसँग पनि सभामुख घिमिरेले छलफल गरेका थिए । 

छलफलहरूमा सभामुख घिमिरेले समितिको प्रतिवेदन कार्यान्वयन गरी राज्यव्यवस्था तथा सुशासन समितिको कामलाई गति दिनुपर्ने बताएका थिए । 

कतिपय महत्त्वपूर्ण विधेयक समितिमा विचाराधीन रहेको भन्दै उनले दलहरूलाई साझा धारणा बनाउन आग्रह गरे । राज्यव्यवस्था समितिको कामलाई प्रभावकारी बनाउन नयाँ सचिवको रूपमा सहसचिव कान्छा दुलाललाई जिम्मेवारी दिएको बताउँदै घिमिरेले समितिको काम अब धेरै समय रोक्न नसकिने बताएका थिए । 

बर्तौला र घिमिरेले प्रमुख दलहरूको सुझावका आधारमा निर्णय गर्न सभामुख घिमिरेलाई सुझाव दिएको सचिवालयले जनाएको छ । 

सभामुखले गत शुक्रबार सचिवालयका कानुन सहसचिव लक्ष्मीप्रसाद गौतम र कार्य व्यवस्था महाशाखा प्रमुख सहसचिव एकराम गिरीसँग प्रतिवेदन कार्यान्वयनबारे परामर्श गरेका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ५ : ५१ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा