एन्फले सुरु गर्‍यो ‘ग्रासरुट’ फुटबल कार्यक्रम « Khabarhub

एन्फले सुरु गर्‍यो ‘ग्रासरुट’ फुटबल कार्यक्रम


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले ग्रासरुट्स फुटबल कार्यक्रमको शुभारम्भ गरेको छ ।  

बाल फुटबलको विकास र बालबालिकाको संरक्षण सुनिश्चित गर्ने उद्देश्यका साथ एन्फाले ग्रासरुट्स फुटबल कार्यक्रमको शुभारम्भ गरेको हो । 

मंगलबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फाले ग्रासरुट्स फुटबल कार्यक्रमको लागो सार्वजनिक गरेको थियो ।

कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले देशभरका युवा प्रतिभाहरूलाई पहिचान र अभिवृद्धि गर्ने लक्ष्यका साथ ग्रासरुट्स फुटबल कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

फुटबलको आधारभूत स्तम्भ ग्रासरुट्स रहेकाले ग्रासरुट्समा प्रभावकारी ढंगले काम गर्न सके समग्र फुटबलको विकासमा ठूलो टेवा पुग्न सक्ने उनको भनाइ छ ।

अध्यक्ष नेम्वाङले फिफाबाट पारित भएको ग्रासरुट्स फुटबल कार्यक्रम देशका विभिन्न ४९ जिल्लामा सञ्चालन हुने जानकारी दिए । 

ग्रासरुट्स फुटबल कार्यक्रम सञ्चालनका लागि एन्फाले टिडिएच र चाइल्ड नेपालसँग सम्झौता समेत गरेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ६ : १५ बजे

विवेकपूर्ण आत्मसमीक्षाबिना कम्युनिस्ट एकता सम्भव छैन : सहसंयोजक माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार

राउण्ड अफ ३२ मा ब्राजिल र जापान भिड्दै, रोमाञ्चक भीडन्तको अपेक्षा

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत ‘राउन्ड अफ ३२’ को रोमाञ्चक

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ

वामपन्थी एकता अत्यन्त आवश्यक भइसक्यो : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन