धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित | Khabarhub Khabarhub

धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाले देशका विभिन्न सहरमा घुम्ती शिविर सञ्चालन गरेर छ सय जना भन्दा बढी सर्वसाधारणलाई सेवा प्रवाह गरेको छ । 

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाता प्रमाणित, सिफारिसलगायत सेवा उपलब्ध गराउन घुम्ती शिविर लिएर जनप्रतिनिधि र कर्मचारी प्रमुख सहर झरेका थिए । घुम्ती शिविरबाट छ सय २३ जनाले सेवा लिएका धवलागिरि गाउँ कार्यपालिकाको प्रवक्ता देवेन्द्र रोकाले जानकारी दिए ।

 सोमबार र मङ्गलबार बेनीमा घुम्ती शिविर सञ्चालन गरेको गाउँपालिकाले यसअघि साउन १८ र १९ गते काठमाडौं, २१ र २२ गते पोखरामा आयोजना गरेको थियो । १ देखि ७ नम्बर वडाका त्रमश : ५५, ३९, ७७, एक सय १३, एक सय ३०, एक सय २२ र ८७ जनाले शिविरबाट सेवा लिएका प्रवक्ता रोकाले बताए । 

धवलागिरि म्याग्दीका अन्य स्थानीय तहको तुलनामा विकट र दुर्गम क्षेत्रमा अवस्थित छ । ज्येष्ठ नागरिक, अशक्त र अससायलाई लक्षित गरेर उनीहरू बसेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाता प्रमाणित र नागरिकताको सिफारिससम्बन्धी सेवा दिएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए । 

गाउँपालिकामा नाम भए पनि बजारमा बसोबास गर्ने ज्येष्ठ नागरिक, अशक्त, बिरामी लाभग्राहीलाई बर्खामा गाउँसम्म पुग्न कष्ट, झञ्जट र दुःख हुने भएकाले जनप्रतिनिधि र कर्मचारी नै सहर झरेकाले सेवा प्राप्त गर्न सहज भएको बेनीमा बस्दै आएका धवलागिरि गाउँपालिका–२ लमसुङका दिलीप शेरचनले बताए । 

गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सेवाग्राहीको सहजताका लागि सात वटै वडाका अध्यक्ष र सचिवले सहरमा पुगेर सेवा दिएका बताए ।

गत आर्थिक वर्षमा धवलागिरिका दुई हजार नौ सय ३८ जनालाई रु १० करोड ५८ लाख चार हजार दुई सय ८८ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो । 

सेवा, सुविधा र अवसरका लागि सहर बजारमा बसोबास गरे पनि धेरैले औपचारिक रूपमा बसाइसराइ गरेका छैनन् । गत आर्थिक वर्षमा धवलागिरिमा ७६ परिवार बसाइँ गरेर जाँदा १० परिवार आएका थिए । रासस 

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ७ : ०४ बजे

वराहक्षेत्रका मठमन्दिरको कन्तबिजोग, न गुठीको आम्दानी, न भक्तजनको घुइँचो

काठमाडौं- सुनसरी जिल्लाको साविक वराहक्षेत्र गाविससँगै भरौल, महेन्द्रनगर, प्रकाशपुर र

स्पेन र पोर्चुगलको तापक्रम ४० डिग्री नाघ्यो

स्पेन – दक्षिणी युरोपमा तापक्रम बढी रहेको छ यो क्षेत्रमा

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयसम्बन्धी प्रश्नमा मन्त्रीले जवाफ दिने

काठमाडौं– प्रतिनिधिसभा बैठक आज (बुधबार) बस्दैछ । बैठक दिउँसो १

यी भूभागमा मध्यमदेखि धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले

डोनबास रुसलाई दिने कुरा स्वीकार्य हुँदैन : जेलेन्स्की

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध विरामका लागि डोनबास