कर्मचारी खटनपटनमा गृहको कडाइ : शाखा अधिकृतसहित दुई कर्मचारीको गैलकट्टी « Khabarhub

कर्मचारी खटनपटनमा गृहको कडाइ : शाखा अधिकृतसहित दुई कर्मचारीको गैलकट्टी


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले खटाएको ठाउँमा नजाने कर्मचारीको मंगलबार गैलकट्टी गरेको छ । गृहसचिव स्तरको निर्णयबाट एक शाखा अधिकृत र एक जना नायब सुब्बाको गैलकट्टी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

केही समय यता कर्मचारी खटनपटनमा कडाइ गरिरहेको गृह मन्त्रालयले नायब सुब्बा सुवास पौडेल र शाखा अधिकृत  दिनेश सिवाकोटीको गैलकट्टी गरिएको जनाएको छ ।

नायव सुब्बा पौडेलको गृहबाट जिल्ला प्रशासन कार्यालय गुल्मी सुरुवा भएको थियो । उनी त्यहाँ नगएर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सरुवा भएर गएका थिए । मन्त्रालयले पौडेललाई ५१ दिन  गैलकट्टी गरेर रमाना दिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी मन्त्रालयले इलाका प्रशासन कार्यालय चौरझारी रुकुम पश्चिम खटाएका शाखा अधिकृत दिनेश सिवाकोटीको ६१ दिन गैलकट्टी गरेको छ । सिवाकोटी रुकुमपश्चिम नगएर निर्वाचन आयोगमा सरुवा गराएका थिए ।

‘दुवै जना कर्मचारी खटाएका ठाउँमा नगएपछि मन्त्रालयले स्पष्टीकरण समेत सोधेको थियो ।’ गृह मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख सहसचिव छवि रिजालले भने, स्पष्टीकरण चित्त नबुझेपछि गैलकट्टी गरिएको हो ।’

त्यसैगरी मन्त्रालयले खटाएको कार्यालयमा हाजिर हुन थप ३५ जना कर्मचारीहरूलाई साउन २८ गते  सम्मको समय दिएको छ । मन्त्रालयले ३५ जना शाखा अधिकृत र एक जना नायब सुब्बा गरी ३५ जनालाई साउन २६ गते तीन दिनको समय दिएर खटाएको कार्यालयमा हाजिर हुन समय दिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ७ : ४८ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा