गाजामा इजरायलको क्रुरता : पाँच वर्ष मुनिका १२ हजार बालबालिका चरम कुपोषणले छट्पटाउँदै « Khabarhub

गाजामा इजरायलको क्रुरता : पाँच वर्ष मुनिका १२ हजार बालबालिका चरम कुपोषणले छट्पटाउँदै

५२ प्रतिशत औषधिहरूको भण्डारण शून्य


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – गाजापट्टीमा उग्रवादी सङ्गठन हमास निमिट्यान्न पार्ने बहानामा इजरायलले चरम मानवीय सङ्कट निम्तिनेगरी लादेको युद्धका कारण स्थिति थप भयावह बनेको छ ।

संसार राम्ररी देख्नै नपाई क्रुर युद्धको चपेटामा परेका पाँच वर्ष मुनिका कम्तिमा १२ हजार बालबालिका तीव्र कुपोषणबाट ग्रस्त छन्‌, अस्पतालहरूमा ५२ प्रतिशत औषधीहरूको भण्डारण शून्य भएको छ ।

संयुक्त राष्ट्रसंघको स्वास्थ्य निकाय विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार इजरायललाई गाजाको स्वास्थ्य संकटलाई ‘विपत्तिपूर्ण’ भन्दै गाजा सिटीमा कब्जा गर्नुअघि महत्वपूर्ण चिकित्सा सामग्री भण्डारण गर्न अनुमति दिन आग्रह गरेको छ ।

इजरायलले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सुरक्षा मन्त्रिपरिषद्को स्वीकृति अनुसार आफ्नो सेनाले गाजा सिटी नियन्त्रणमा लिने योजना अघि बढाउने बताएको छ, जसले विश्वभर आलोचना निम्त्याएको छ ।

‘हामी आपूर्तिहरू संकलन गर्न चाहन्छौं । सबैले भन्छन्, ‘अझै मानवीय सहायता भित्रिन दिनुपर्छ’ — तर त्यो अझै पर्याप्त रूपमा भइरहेको छैन,’ डब्लुएचओका फिलिस्तीनी क्षेत्र प्रतिनिधि रिक पीपरकोर्नले भने ।

नका अनुसार, हाल ५२ प्रतिशत औषधिहरूको भण्डारण शून्य अवस्थामा छ । संयुक्त राष्ट्रसंघका निकायहरूले गत महिना गाजामा दुर्भिक्षको अवस्था आउन थालेको चेतावनी दिएका थिए, जसको कारण इजरायलद्वारा सहयोग आपूर्ति कडा रूपमा प्रतिबन्धित गरिएको हो ।

पीपरकोर्नले बताएअनुसार डब्लुएचओले आवश्यकभन्दा कम आपूर्ति मात्रै भित्र्याउन सकेको छ । धेरै सामग्रीहरूलाई अझै इजरायली पक्षले प्रवेश गर्न नदिएको उनले बताए ।

‘हामीले समाचारमा सुनिरहेकै अनुसार, सम्भावित आक्रमण अघि अस्पतालहरूलाई शीघ्र रूपमा आपूर्ति पुर्‍याउन चाहन्छौँ’, उनले भने, ‘तर अहिलेको अवस्थामा त्यो सम्भव भएको छैन ।’

उनका अनुसार, गाजामा मात्र ५० प्रतिशत अस्पताल र ३८ प्रतिशत प्राथमिक स्वास्थ्य केन्द्रहरू आंशिक रूपमा मात्र सञ्चालनमा छन् ।

उत्तरी गाजास्थित अल–शिफा अस्पतालमा शैय्या क्षमता २४० प्रतिशत पुगेको छ भने अल–आहली अस्पतालमा ३०० प्रतिशत छ ।

‘हालको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर छ । भोकमरी र कुपोषण गाजालाई लगातार प्रभावित गरिरहेको छ,’ उनले भने । अगस्ट ५ सम्मको तथ्यांकअनुसार, कुपोषणका कारण यो वर्ष १४८ जनाको ज्यान गइसकेको छ ।

गत जुलाईमा ५ वर्षमुनिका करिब १२ हजार बालबालिका तीव्र कुपोषणबाट ग्रस्त भेटिएका, जुन अहिलेसम्म गाजामा एकै महिनामा देखिएको सबैभन्दा उच्च संख्या हो ।

तीमध्ये दुई हजार ५६२ बालबालिका गम्भीर कुपोषणबाट पीडित छन्, जसमध्ये ४० जना अहिले पनि उपचार केन्द्रमा छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ९ : २५ बजे

स्वीकृति नलिइ भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे

ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाओस् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि

२४ घण्टामा देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौं– राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यही फागुन

बजार अनुगमन तीव्र, एक फर्मलाई पाँच हजार रुपैयाँ जरिवाना

काठमाडौं– बजार अनुमगनलाई तीव्रता दिँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता

पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना