गाजामा इजरायलको क्रुरता : पाँच वर्ष मुनिका १२ हजार बालबालिका चरम कुपोषणले छट्पटाउँदै « Khabarhub

गाजामा इजरायलको क्रुरता : पाँच वर्ष मुनिका १२ हजार बालबालिका चरम कुपोषणले छट्पटाउँदै

५२ प्रतिशत औषधिहरूको भण्डारण शून्य


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – गाजापट्टीमा उग्रवादी सङ्गठन हमास निमिट्यान्न पार्ने बहानामा इजरायलले चरम मानवीय सङ्कट निम्तिनेगरी लादेको युद्धका कारण स्थिति थप भयावह बनेको छ ।

संसार राम्ररी देख्नै नपाई क्रुर युद्धको चपेटामा परेका पाँच वर्ष मुनिका कम्तिमा १२ हजार बालबालिका तीव्र कुपोषणबाट ग्रस्त छन्‌, अस्पतालहरूमा ५२ प्रतिशत औषधीहरूको भण्डारण शून्य भएको छ ।

संयुक्त राष्ट्रसंघको स्वास्थ्य निकाय विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार इजरायललाई गाजाको स्वास्थ्य संकटलाई ‘विपत्तिपूर्ण’ भन्दै गाजा सिटीमा कब्जा गर्नुअघि महत्वपूर्ण चिकित्सा सामग्री भण्डारण गर्न अनुमति दिन आग्रह गरेको छ ।

इजरायलले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सुरक्षा मन्त्रिपरिषद्को स्वीकृति अनुसार आफ्नो सेनाले गाजा सिटी नियन्त्रणमा लिने योजना अघि बढाउने बताएको छ, जसले विश्वभर आलोचना निम्त्याएको छ ।

‘हामी आपूर्तिहरू संकलन गर्न चाहन्छौं । सबैले भन्छन्, ‘अझै मानवीय सहायता भित्रिन दिनुपर्छ’ — तर त्यो अझै पर्याप्त रूपमा भइरहेको छैन,’ डब्लुएचओका फिलिस्तीनी क्षेत्र प्रतिनिधि रिक पीपरकोर्नले भने ।

नका अनुसार, हाल ५२ प्रतिशत औषधिहरूको भण्डारण शून्य अवस्थामा छ । संयुक्त राष्ट्रसंघका निकायहरूले गत महिना गाजामा दुर्भिक्षको अवस्था आउन थालेको चेतावनी दिएका थिए, जसको कारण इजरायलद्वारा सहयोग आपूर्ति कडा रूपमा प्रतिबन्धित गरिएको हो ।

पीपरकोर्नले बताएअनुसार डब्लुएचओले आवश्यकभन्दा कम आपूर्ति मात्रै भित्र्याउन सकेको छ । धेरै सामग्रीहरूलाई अझै इजरायली पक्षले प्रवेश गर्न नदिएको उनले बताए ।

‘हामीले समाचारमा सुनिरहेकै अनुसार, सम्भावित आक्रमण अघि अस्पतालहरूलाई शीघ्र रूपमा आपूर्ति पुर्‍याउन चाहन्छौँ’, उनले भने, ‘तर अहिलेको अवस्थामा त्यो सम्भव भएको छैन ।’

उनका अनुसार, गाजामा मात्र ५० प्रतिशत अस्पताल र ३८ प्रतिशत प्राथमिक स्वास्थ्य केन्द्रहरू आंशिक रूपमा मात्र सञ्चालनमा छन् ।

उत्तरी गाजास्थित अल–शिफा अस्पतालमा शैय्या क्षमता २४० प्रतिशत पुगेको छ भने अल–आहली अस्पतालमा ३०० प्रतिशत छ ।

‘हालको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर छ । भोकमरी र कुपोषण गाजालाई लगातार प्रभावित गरिरहेको छ,’ उनले भने । अगस्ट ५ सम्मको तथ्यांकअनुसार, कुपोषणका कारण यो वर्ष १४८ जनाको ज्यान गइसकेको छ ।

गत जुलाईमा ५ वर्षमुनिका करिब १२ हजार बालबालिका तीव्र कुपोषणबाट ग्रस्त भेटिएका, जुन अहिलेसम्म गाजामा एकै महिनामा देखिएको सबैभन्दा उच्च संख्या हो ।

तीमध्ये दुई हजार ५६२ बालबालिका गम्भीर कुपोषणबाट पीडित छन्, जसमध्ये ४० जना अहिले पनि उपचार केन्द्रमा छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ९ : २५ बजे

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री

तरुण ३५ केन्द्रीय सदस्यले पार्टी कार्यालयको भेलाप्रति जनाए असहमति

काठमाडौं- नेपाल तरुण दलका केन्द्रीय सदस्यहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता : प्रचण्ड

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा

विशेष महाधिवेशनमा सहभागी नहुन मधेसका आठ जिल्लाका सभापतिको आग्रह

जनकपुरधाम – नेपाली कांग्रेस मधेस प्रदेशअन्तर्गत आठ जिल्लाका जिल्ला सभापतिले