आज २०८२ साल भदौ २७ गते शुक्रबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल भदौ २७ गते शुक्रबारको राशिफल


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल भदौ २७ गते शुक्रबार। भाद्र कृष्ण पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर १२ तारिख। सोह्र श्रद्धको पञ्चमी र षष्ठी श्राद्ध परेको। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। सामाजिक कामको प्रशंसा हुनेछ। राजनीतिक क्षेत्रमा उच्च तहका व्यक्तिको साथ मिल्नेछ। परिवारभित्र भने सानो कुरामा मनमुटाव हुने जोखिम छ।

वृष : दिन सामान्य छ। साथीले विरोध गर्नेछन्। व्यापारमा लगानी नगर्नु राम्रो हुन्छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक क्षेत्रमा भने संकट आइपर्ने खतरा छ। प्रेम सम्बन्धमा खटपटी बढ्ने जोखिम छ।

मिथुन : दिन राम्रो छ। बोलीको प्रभावले राम्रा काम बन्नेछन्। बोल्दा सोचेर बोल्नु उचित हुन्छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षा र सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। परिवारको साथमा रमाइलो यात्रा हुनेछ।

कर्कट : दिन राम्रो छ। लगानीका लागि हिम्मत गर्नुपर्ने दिन छ। व्यापारमा फाइदा हुनेछ। कृषिमा गरेको लगानीबाट नाफा हुनेछ। औषधी नियमित हुन नसक्दा स्वास्थ्यमा समस्या हुने जोखिम छ। सामाजिक क्षेत्रमा भने बढुवा हुनेछ।

सिंह : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक क्षेत्रमा प्रगति हुनेछ। राजनीतिमा उच्च तहको नेतृत्वको साथ मिल्नेछ। परिवारभित्र भने खटपटी बढ्ने जोखिम छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन सामान्य छ। कामको बोझ थपिने छन्। साथीको असहयोगले मन खिन्न बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। कृषि र पशुपालनमा राहत मिल्नेछ। प्रेममा मनमुटाव हुनेछ।

तुला : दिन राम्रो छ। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा प्रशंसा बढ्नेछ। राजनीतिक क्षेत्रमा सााथीको साथ मिल्नेछ। परिवारको साथमा रमाइलो गर्ने योग छ। यात्रा सहज बन्नेछ।

वृश्चिक : दिन सामान्य छ। कामको बोझले मन थकित हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने समय छ। स्वास्थ्यमा भने सुधार हुनेछ। राजनीतिक क्षेत्रमा भन्दा सामाजिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ। सहकार्य गरेर व्यापार गर्नु उचित हु्रन्छ।

धनु : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। सानो प्रयासले महत्त्वपूर्ण काम बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। राजीतिक र सामाजिक क्षेत्रमा उच्च तहका व्यक्तिसँग भेट हुनेछ।

मकर : दिन सामान्य छ। पूर्वको यात्रा नगर्नु राम्रो हुन्छ। शिक्षामा प्रगति हुनेछ। गुरुले भने असहयोग गर्ने जोखिम छ। संयुक्त लगानी गर्नु उचित हुन्छ। आफ्नो हातले लगानी नगर्नु उचित हुन्छ।

कुम्भ : दिन सामान्य छ। अनावश्यक यात्रा हुनेछ। खर्च बढ्ने जोखिम छ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुन्छ।

मीन : दिन सामान्य छ। सम्पत्तिको पछाडि लाग्दा समयको वर्वाद हुनेछ। शरीरमा थकान र मनमा झन्झट बढ्नेछ। परिवारले असहयोग गर्ने भएकाले मन अशान्त बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ५ : १५ बजे

राष्ट्रपति पौडेलले आज विश्व शिखर सम्मेलनलाई सम्बोधन गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आज ‘सामाजिक विकासका लागि दोस्रो

काँकरभिट्टाबाट तीन अर्ब ३६ करोड बराबरको कृषिजन्यवस्तु निर्यात

झापा– प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट

१६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिज १८ जोडी भेटिए

म्याग्दी- कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको

कनकाईमा एमालेले बनायो सुरक्षा दस्ता

झापा – झापाको कनकाईमा ५५ सदस्यीय नगरस्तरीय सुरक्षा दस्ता गठन

सकारात्मक ‘वर्ड अफ माउथ’का कारण हलले बढाए ‘परान’को शो

काठमाडौं – दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ पाएका कारण हलहरुले