आन्दोलनमा घुसपैठ गरी तोडफोड गर्नेलाई कडा कारबाही गर्न आग्रह  « Khabarhub

आन्दोलनमा घुसपैठ गरी तोडफोड गर्नेलाई कडा कारबाही गर्न आग्रह 


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

पोखरा–  हालै केही दिनयता मुलुकमा भएका विकासक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले विज्ञप्ति जारी गरेको छ ।

पार्टीले युवाहरूको योगदान र आन्दोलनमा सहभागीहरूको भावना प्रति सम्मान व्यक्त गर्दै आन्दोलनका नाममा तोडफोड तथा आगजनीजस्ता गतिविधिप्रति चिन्ता व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनको क्रममा घुसपैठ भएका व्यक्तिले गराएका देशविरोधी कार्य, सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनी, निजी सम्पत्ति र नेकपा (एमाले) का कार्यालयहरूमा आक्रमणजस्ता कार्यले हाम्रो गम्भीर ध्यानाकर्षण गराएको छ।’

पार्टीले हालको संविधान र राजनीतिक व्यवस्थाबाट समाधान खोजिनुपर्ने र भावनात्मक बहकाउमा नलाग्न  सबैलाई आग्रह गरेको छ। साथै, राष्ट्रपति रामचन्द्र पौडेलको भूमिका संविधान र सहमतिअनुसार अघि बढ्नुपर्ने बताएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यो कठिन घडीमा धैर्यता, समयानुकूलता र विवेकपूर्ण निर्णय आवश्यक छ। हामी लोकतान्त्रिक पक्षधर भएर सम्पूर्णमा आह्वान गर्दछौ ।’

गण्डकी प्रदेश कमिटीका कार्यवाहक अध्यक्ष मिनप्रसाद गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टीको संगठनात्मक बैठक मार्फत  अगाडि बढ्ने उल्लेख गरिएको छ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  १० : ०९ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको