शाहरुख खान र दीपिका पादुकोणलाई राजस्थान उच्च अदालतबाट राहत « Khabarhub

शाहरुख खान र दीपिका पादुकोणलाई राजस्थान उच्च अदालतबाट राहत


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड स्टार शाहरुख खान र दीपिका पादुकोणले राजस्थान उच्च अदालतबाट ठूलो राहत पाएका छन्।

भरतपुरमा दर्ता गरिएको दोषपूर्ण गाडीसम्बन्धी एफआईआरलाई अदालतले स्थगन आदेश जारी गर्दै अस्थायी रूपमा रोक लगाएको हो।

उक्त उजुरी स्थानीय एक गाडीधनीले भद्र ९ गते दर्ता गरेका थिए। उनले चेन्नई एक्सप्रेसका मुख्य कलाकार शाहरुख र दीपिकासहित हुन्डाई मोटर्सका अधिकारीमाथि त्रुटिपूर्ण गाडी बिक्री गरेको आरोप लगाएका थिए।

कलाकार शाहरुख र दीपिका हुन्डाईका ब्रान्ड एम्बासेडर भएकाले उनीहरूको नाम पनि एफआईआरमा समावेश गरिएको थियो।

एफआईआरपछि दुवै कलाकारले उच्च अदालतमा निवेदन दर्ता गर्दै आफूहरू प्रवर्द्धन मात्र गर्ने ब्रान्ड एम्बासेडर भएको, गाडीको गुणस्तर वा प्राविधिक पक्षसँग कुनै प्रत्यक्ष संलग्नता नभएको तर्क प्रस्तुत गरेका थिए।

अभिनेता शाहरुख खानको पक्षमा वरिष्ठ वकिल कपिल सिब्बल र अभिनेत्री दीपिका पादुकोणको पक्षमा अधिवक्ता माधव मित्राले बहस गरेका थिए।

जोधपुरमा सुनुवाइका क्रममा न्यायाधीशले एफआईआरमा ठोस आधार नदेखिएको भन्दै कलाकारलाई अस्थायी राहत प्रदान गरेका छन्। अब यस मामिलाको अर्को सुनुवाइ असोज ९ (सेप्टेम्बर २५)मा हुने तय भएको छ।

यसबीच, कलाकार शाहरुख र दीपिका नयाँ फिल्म किंगमार्फत पर्दामा पुनः एकसाथ देखिन लागेका छन्। सिद्धार्थ आनन्दको निर्देशनमा बन्ने यो फिल्ममार्फत शाहरुखकी छोरी सुहाना खानले बलिउड डेब्यू गर्ने भएकी छन्।

फिल्ममा अन्य कलाकार रानी मुखर्जी, अभय वर्मा, अभिषेक बच्चन, जयदीप अहलावत, राघव जुयाललगायत कलाकारको विशेष भूमिका रहनेछ।

कलाकार शाहरुख र दीपिकाले यसअघि फिल्म ओम शान्ति ओम, चेन्नई एक्सप्रेस, ह्याप्पी न्यू इयर, जवान र पठान जस्ता ब्लकबस्टर फिल्ममा सहकार्य गरिसकेका छन्।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  १० : ३८ बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना