शाहरुख खान र दीपिका पादुकोणलाई राजस्थान उच्च अदालतबाट राहत « Khabarhub

शाहरुख खान र दीपिका पादुकोणलाई राजस्थान उच्च अदालतबाट राहत


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड स्टार शाहरुख खान र दीपिका पादुकोणले राजस्थान उच्च अदालतबाट ठूलो राहत पाएका छन्।

भरतपुरमा दर्ता गरिएको दोषपूर्ण गाडीसम्बन्धी एफआईआरलाई अदालतले स्थगन आदेश जारी गर्दै अस्थायी रूपमा रोक लगाएको हो।

उक्त उजुरी स्थानीय एक गाडीधनीले भद्र ९ गते दर्ता गरेका थिए। उनले चेन्नई एक्सप्रेसका मुख्य कलाकार शाहरुख र दीपिकासहित हुन्डाई मोटर्सका अधिकारीमाथि त्रुटिपूर्ण गाडी बिक्री गरेको आरोप लगाएका थिए।

कलाकार शाहरुख र दीपिका हुन्डाईका ब्रान्ड एम्बासेडर भएकाले उनीहरूको नाम पनि एफआईआरमा समावेश गरिएको थियो।

एफआईआरपछि दुवै कलाकारले उच्च अदालतमा निवेदन दर्ता गर्दै आफूहरू प्रवर्द्धन मात्र गर्ने ब्रान्ड एम्बासेडर भएको, गाडीको गुणस्तर वा प्राविधिक पक्षसँग कुनै प्रत्यक्ष संलग्नता नभएको तर्क प्रस्तुत गरेका थिए।

अभिनेता शाहरुख खानको पक्षमा वरिष्ठ वकिल कपिल सिब्बल र अभिनेत्री दीपिका पादुकोणको पक्षमा अधिवक्ता माधव मित्राले बहस गरेका थिए।

जोधपुरमा सुनुवाइका क्रममा न्यायाधीशले एफआईआरमा ठोस आधार नदेखिएको भन्दै कलाकारलाई अस्थायी राहत प्रदान गरेका छन्। अब यस मामिलाको अर्को सुनुवाइ असोज ९ (सेप्टेम्बर २५)मा हुने तय भएको छ।

यसबीच, कलाकार शाहरुख र दीपिका नयाँ फिल्म किंगमार्फत पर्दामा पुनः एकसाथ देखिन लागेका छन्। सिद्धार्थ आनन्दको निर्देशनमा बन्ने यो फिल्ममार्फत शाहरुखकी छोरी सुहाना खानले बलिउड डेब्यू गर्ने भएकी छन्।

फिल्ममा अन्य कलाकार रानी मुखर्जी, अभय वर्मा, अभिषेक बच्चन, जयदीप अहलावत, राघव जुयाललगायत कलाकारको विशेष भूमिका रहनेछ।

कलाकार शाहरुख र दीपिकाले यसअघि फिल्म ओम शान्ति ओम, चेन्नई एक्सप्रेस, ह्याप्पी न्यू इयर, जवान र पठान जस्ता ब्लकबस्टर फिल्ममा सहकार्य गरिसकेका छन्।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  १० : ३८ बजे

ताइवानलाई हतियार बेच्ने २० अमेरिकी कम्पनीमाथि चीनले लगायो प्रतिबन्ध

काठमाडौं- चीनले ताइवानलाई हतियार बेच्दै आएका केही चर्चित अमेरिकी कम्पनीको

खेलकुद क्षेत्रमा राजनीति हावी भयो : अध्यक्ष श्रेष्ठ

काठमाडौं – नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद

एकै सिरियलका दुई कलाकारको डेब्यू निर्देशन : दीपकको ‘परान’ सुपरहिट, अर्जुनको ‘झरीपछिको इन्द्रेणी’ फ्लप

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनि’बाट चर्चामा आएका दुई कलाकार दीपक आचार्य

सीमान्तकृत समुदायलाई मूलधारमा ल्याउनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले तराई मधेसका सीमान्तकृत समुदायलाई मूलधारमा ल्याउन

रूसद्वारा ५२ उपग्रहको सफल प्रक्षेपण

एजेन्सी– रूसको अन्तरिक्ष निकाय रोस्कोसमोसका अनुसार सोमबार सोयुज रकेटमार्फत ५२