जगदीश्वरको नेतृत्वमा सडकमा निस्किए कांग्रेस कार्यकर्ता « Khabarhub

जगदीश्वरको नेतृत्वमा सडकमा निस्किए कांग्रेस कार्यकर्ता


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता-कार्यकर्ताले शुक्रबार काठमाडौँको सामाखुसी चोकमा पार्टीको झण्डासहित प्रदर्शन गरेका छन् ।

नेता जगदीश्वर नरसिंह केसी नेतृत्वको समूहले सामाखुसीमा चोकमा उत्रिएर लोकतन्त्र रक्षाका प्रदर्शन गरेका हुन् ।

उनीहरूले त्यसक्रममा ‘हाम्रो आवाज : संवैधानिक सर्वोच्चताको कायम गर’, ‘राष्ट्रपतिलाई सार्वजनिक गर’, ‘जेन-जीका भ्रष्टाचार नियन्त्रण लगायतका उचित माग पूरा गरौँ’, ‘सबै समस्याको समाधान चालु संविधानबाटै खोजौं’, सहितका नारा पनि लगाए ।

उनीहरूको जुलुस सामाखुसीबाट गोंगबु चोक हुँदै गणेस्थान परिक्रमा गरेर सामाखुसीमै आइपगेको थियो । त्यहाँ संविधानसभा सदस्य जगदीश्वर नरसिंह केसीले सम्बोधन गरे ।

नेता केसीले जेन-जीको आन्दोलनमा ज्यान गुमाएकाहरूको चीरशान्तिको कामना गर्दै जेन-जीको नाममा कार्यपालिका, न्यायपालिका, संसद् भवन, राष्ट्रपति भवन, सिंहदरबार र अदालत अराजक समूहले जलाएको भन्दै भर्त्सना गरेका छन् ।

काङ्ग्रेस सभापति शेरबहादुर देउवामाथि भएको आक्रमणको पनि उनीहरूले निन्दा गरे । पार्टीलाई अफट्यरो पर्दा नेता-कार्यकर्ता चुप लागेर बस्न नहुने उनले बताए ।

लोकतन्त्र का निम्ति फेरि पनि २०६२/६३ जस्तै आन्दोलन गर्न तयार रहेको उनले बताए । उनले देउवाको स्वास्थय लाभको कामना पनि गरे ।
यस आन्दोलनका क्रममा तरुण दलका केन्द्रीय सदस्य निरन्जन थापा, नेविसंघ केन्द्रीय सदस्य विजय ढुङ्गाना लगायत सहभागी थिए ।

कार्यक्रममा कांग्रेस महासमिति सदस्य सुशील भट्ट, सानुकाजी प्रजापति, कृष्ण कुइँकेल, जयराम दाहालसहितका नेता-कार्यकर्ताहरू सहभागी थिए ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  १२ : ४१ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक