जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ३६ जनाको पोस्टमार्टम सुरु « Khabarhub

जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ३६ जनाको पोस्टमार्टम सुरु


२७ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ३६ जनाको शवको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टम सुरु गरिएको छ ।  

बिहीबारसम्म आइपुगेका ३६ शवमध्ये दुई महिलाको रहेको र सबैको पोस्टमार्टम प्रक्रिया सुरू गरिएको अस्पतालका सुचना अधिकारी काली प्रसाद रोस्याराले जानकारी दिए । उनका अनुसार आवश्यक प्रक्रियाहरू पुरा गरेर पोस्टमार्टम सुरु गरिएको छ । 

भदौ २३ र २४ भएको आन्दोलनका क्रममा हालसम्म ३६ जनाको मृत्यु र १७६० जना घाइते भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो । 

मन्त्रालयको तथ्यांक अनुसार, कुल घाइतेमध्ये ३२२ जना अझै पनि विभिन्न अस्पतालमा उपचाररत छन् भने १३३० जना उपचारपछि घर फर्किएका छन् । गम्भीर अवस्थाका ७२ जनालाई थप उपचारका लागि अन्य स्वास्थ्य संस्थामा रेफर गरिएको छ ।

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  १ : २१ बजे

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय