जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ३६ जनाको पोस्टमार्टम सुरु « Khabarhub

जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ३६ जनाको पोस्टमार्टम सुरु


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ३६ जनाको शवको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टम सुरु गरिएको छ ।  

बिहीबारसम्म आइपुगेका ३६ शवमध्ये दुई महिलाको रहेको र सबैको पोस्टमार्टम प्रक्रिया सुरू गरिएको अस्पतालका सुचना अधिकारी काली प्रसाद रोस्याराले जानकारी दिए । उनका अनुसार आवश्यक प्रक्रियाहरू पुरा गरेर पोस्टमार्टम सुरु गरिएको छ । 

भदौ २३ र २४ भएको आन्दोलनका क्रममा हालसम्म ३६ जनाको मृत्यु र १७६० जना घाइते भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो । 

मन्त्रालयको तथ्यांक अनुसार, कुल घाइतेमध्ये ३२२ जना अझै पनि विभिन्न अस्पतालमा उपचाररत छन् भने १३३० जना उपचारपछि घर फर्किएका छन् । गम्भीर अवस्थाका ७२ जनालाई थप उपचारका लागि अन्य स्वास्थ्य संस्थामा रेफर गरिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  १ : २१ बजे

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल