जेनजीको समर्थन गरेका दीपकराजले किन ज्यानको असुरक्षा महसुस गरे ? « Khabarhub

जेनजीको समर्थन गरेका दीपकराजले किन ज्यानको असुरक्षा महसुस गरे ?


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार दीपकराज गिरीले जेनजी आन्दोलनको समर्थन गर्दा आफूलाई सामाजिक सञ्जाल र फोनमार्फत् धम्की आएको खुलासा गरेका छन् । फोन र सामाजिक सञ्जाल फेसबुकमार्फत् धम्की आएको उनले शुक्रबार बताएका हुन् ।

दीपकका अनुसार उनलाई मंलबारबाट धम्की आउन सुरु भएको हो । ‘जेनजीलाई उकास्ने तँ ? कलाकार भएर जेनजी तिर लाग्ने । एक एक हिसाब राखिन्छ’ भन्दै धम्की आएको उनको दाबी छ ।

यसरी धम्की आएका मेसेज र कल रेकर्ड आफूले सुरक्षित राखेको उनको दाबी छ । व्यक्ति, कुनै पार्टी वा संस्था विशेषबाट धम्की आएकोबारे उनले खुलाएका छैनन् ।

दीपक सुरुवातदेखि नै जेनजी आन्दोलनमा समर्थन गर्दै आएका थिए । उनले आन्दोलनबारे सामाजिक सञ्जालबाटै विभिन्न टिप्पणी सार्वजनिक गरिरेहेका छन् ।

यस धम्कीबाट दीकले ज्यानको असुरक्षासमेत महसुस गरेका छन् । उनले लेखेका छन्, ‘अस्तिको आन्दोलनमा पनि सबै दोषी मात्रै दण्डित भएनन् । कति निर्दोष मान्छेहरु पनि पीडित हुन पुगेको देखेको छु । यदि तपाईंहरुले धम्की दिए जस्तै भयो भने म पनि त्यो सूचीमा थपिनेछु भनेर चित्त बुझाउनुबाहेक मसँग अर्को बिकल्प छैन ।’

उनले शान्तिपूर्ण आन्दोलनको आफूले समर्थन गरेको स्वीकारसमेत गरेका छन् ।

विद्यार्थीहरुले शहादत प्राप्त गरेपछि आफू थप चुप बस्न नसकेको उनको जिकीर छ । उनले लेखेका छन्, ‘दोस्रो दिन जब स्कुल र कलेज जाने साना साना बालकहरुको टाउकोमा गोली लागेर ढलेको तस्बिर देखियो । त्यो देखेपछि को नै चुप लागेर बस्न सक्यो होला र ?’

आन्दोलन हिंसात्मक बनेपछि प्रधानमन्त्रीलाई राजीनामा दिन अन्य कलाकारले जसरी नै आफूले पनि दबाब दिएको उनी भनाइ छ । तर, प्रधानमन्त्रीले ढिला गरेर राजीनामा दिएको विषयमा उनी अझैँ अडिक छन् ।

उनले अगाडि लेखेका छन्, ‘प्रधानमन्त्री ज्यूलाई थप हिंसा रोक्नका लागि राजीनामा दिन अनुरोध पनि ग¥यौं । कति जना त सडकमा नै गयौं । लगभग त्यतिबेला धेरै अभिभावकहरु आफ्नो बच्चा मरेको पीडाबोध गरेर सडकमा आइसकेका थिए । राजीनामा आउन ढिला भइसकेको थियो ।’

दीपकको स्ट्याट्स :

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  २ : १९ बजे

जेन-जी प्रदर्शनमा घाइतेलाई मासिक उपचार खर्च

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनका क्रममा भएका घाइतेको वर्गीकरण गरी मासिक

एकैदिन संसदीय सुनुवाइदेखि नियुक्तिसम्म : प्रधानन्यायाधीश शर्माले सम्हाले कार्यभार

काठमाडौं- एकै दिन मंगलबार संसदीय सुनुवाइदेखि शपथ हुँदै नियुक्तिसम्मको टुंगो

पूर्वराष्ट्रपति भण्डारीले एमालेको नेतृत्व गर्ने सम्भावना कति ?

काठमाडौं- करिब दुई वर्षसम्म होल्ड भएको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी

कामु प्रधानन्यायाधीशले आदेश दिँदा भागेका सर्वोच्चका कर्मचारीको हतारो, शर्माको शपथ नसकिँदै वेबसाइटमा फेरियो नाम

काठमाडौं- राष्ट्रपतिको कार्यालय शीतल निवासमा शपथ चल्दै गर्दा सर्वोच्च अदालत