‘जेनजी पुस्ता’को माग संवैधानिक रूपमा पूरा गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष पाण्डे « Khabarhub

‘जेनजी पुस्ता’को माग संवैधानिक रूपमा पूरा गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष पाण्डे


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले ‘जेनजी पुस्ता’को मागप्रति समर्थन जनाउँदै त्यसलाई संवैधानिक रूपमा पूरा गर्नुपर्ने बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष पाण्डेले आज विज्ञप्ति जारी गर्दै ‘जेनजी पुस्ता’ले उठाएका सुशासन, रोजगारी, विकास तथा शासन व्यवस्थाका विषय सम्बोधन गर्न वर्तमान संविधानभित्रबाट सकिने बताए  ।

लोकतन्त्रलाई नै समाप्त पार्ने, अस्थिरता निम्त्याएर मुलुकलाई असफल राष्ट्र बनाउने षड्यन्त्र भइरहेकाले जेनजी पुस्ताले गरेका माग संविधान संशोधन गरेर पूरा गर्न सकिने बताए ।

लोकतन्त्र विरोधीहरूले यही मौकामा संसद् विघटन र संविधान खारेज गरी देशको राष्ट्रियता कमजोर बनाउने षड्यन्त्रलाई विफल बनाउने विषयमा संवेदनशील हुन आग्रह गर्दै उनले जेनजी पुस्ता, संविधानविद्, नागरिक समाज र राजनीतिक प्रतिनिधिको सामूहिक छलफलबाट अन्तरिम सरकार निर्माण गर्नुपर्नेमा जोड दिए ।

वरिष्ठ उपाध्यक्ष पाण्डेले सामाजिक सञ्जाल, वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, भेला हुने स्वतन्त्रता, सङ्गठित हुने स्वतन्त्रतालगायत सबै प्रकारका मौलिक हक र नागरिक अधिकार कायम गर्दै भ्रष्टाचार गर्नेलाई कारबाही गर्न उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गर्नुपर्ने बताए । रासस

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  २ : ३५ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको