सभामुख र राष्ट्रियसभा अध्यक्षले भने- अहिलेकै संवैधानिक प्रक्रियाबाट निकास खोजौँ « Khabarhub

सभामुख र राष्ट्रियसभा अध्यक्षले भने- अहिलेकै संवैधानिक प्रक्रियाबाट निकास खोजौँ


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद्ले मंगलबार र बुधबार जेन-जी युवाद्वारा आयोजित आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ।

संसद् भवन सिंहदरबारबाट वक्तव्य जारी गर्दै राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहाल र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली दिएका छन् ।

संसद्ले आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन राज्यका सम्बन्धित संयन्त्रलाई आग्रह गरेको छ।

वक्तव्यमा बानेश्वरस्थित संघीय संसद् भवन, सिंहदरबारस्थित सचिवालयसहित देशभर भएका आगजनी र तोडफोड घटनाबाट भएको अपुरणीय क्षतिप्रति संसद् मर्माहत भएको उल्लेख छ।

संसद् भवन, सरकारी कार्यालय, सञ्चारगृह, व्यापारिक प्रतिष्ठान र सार्वजनिक सम्पत्तिमा भएको क्षतिको कडा निन्दा पनि वक्तव्यमा गरिएको छ।

संसद्ले विद्यमान परिस्थितिमा संवैधानिक प्रक्रियाबाटै निकास खोज्नुपर्नेमा जोड दिँदै जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई सर्वोपरि राख्न सबैलाई अपिल गरेको छ।

वक्तव्यमा भनिएको छ, ‘आन्दोलनरत पक्षका माग सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि हामी सबै प्रतिबद्ध हुनुपर्छ।’

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  २ : ३० बजे

वैज्ञानिक समाजवादी नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदै

काठमाडौं – वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको एकता पक्षधर समूह नेपाली कम्युनिष्ट पार्टीमा

भक्तपुरका नागरिकसँग महेश बस्नेतको प्रतिबद्धता- अधुरा विकास योजना पूरा गर्नेछु

काठमाडौं– नेकपा (एमाले)का सचिव महेश बस्नेतले भक्तपुरको अधुरा विकास योजनाहरू

कांग्रेसमा स्थानीय तह बलियो बनाउने अभियान सुरु भएको छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब स्थानीय तह बलियो

युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन र रुसबीच लागू भएको

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा दुई हजारभन्दा बढी कर्मचारी खटाइने

कञ्चनपुर– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका