सभामुख र राष्ट्रियसभा अध्यक्षले भने- अहिलेकै संवैधानिक प्रक्रियाबाट निकास खोजौँ « Khabarhub

सभामुख र राष्ट्रियसभा अध्यक्षले भने- अहिलेकै संवैधानिक प्रक्रियाबाट निकास खोजौँ


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद्ले मंगलबार र बुधबार जेन-जी युवाद्वारा आयोजित आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ।

संसद् भवन सिंहदरबारबाट वक्तव्य जारी गर्दै राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहाल र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली दिएका छन् ।

संसद्ले आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन राज्यका सम्बन्धित संयन्त्रलाई आग्रह गरेको छ।

वक्तव्यमा बानेश्वरस्थित संघीय संसद् भवन, सिंहदरबारस्थित सचिवालयसहित देशभर भएका आगजनी र तोडफोड घटनाबाट भएको अपुरणीय क्षतिप्रति संसद् मर्माहत भएको उल्लेख छ।

संसद् भवन, सरकारी कार्यालय, सञ्चारगृह, व्यापारिक प्रतिष्ठान र सार्वजनिक सम्पत्तिमा भएको क्षतिको कडा निन्दा पनि वक्तव्यमा गरिएको छ।

संसद्ले विद्यमान परिस्थितिमा संवैधानिक प्रक्रियाबाटै निकास खोज्नुपर्नेमा जोड दिँदै जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई सर्वोपरि राख्न सबैलाई अपिल गरेको छ।

वक्तव्यमा भनिएको छ, ‘आन्दोलनरत पक्षका माग सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि हामी सबै प्रतिबद्ध हुनुपर्छ।’

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  २ : ३० बजे

भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन (तस्बिर)

काठमाडौँ– सरकारले काठमाडौँ उपत्यकाका बागमती र मनोहरा नदीकिनार अतिक्रमण गरी

आईपीएल क्रिकेट : गुजरातविरुद्ध आरसीबीको ५ विकेटको जित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)

भूमिहीन ३० दिनभित्र सम्पर्कमा आउनु : वीरगञ्ज महानगरपालिका

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले मुल सडक विस्तारको क्रममा पूर्णरुपमा भूमिहीन हुन