संसद् विघटनमा अड्कियो गाँठो, शीतल निवासबाट बाहिरिए सेनापति, छलफलमै राष्ट्रपति « Khabarhub

संसद् विघटनमा अड्कियो गाँठो, शीतल निवासबाट बाहिरिए सेनापति, छलफलमै राष्ट्रपति


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंँ- राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि निरन्तर परामर्शमा जुटेका छन् ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनका लागि राष्ट्रपति पौडेल शुक्रबार परामर्शलाई तीव्र बनाएका हुन् ।

सरकार गठनका लागि उनले प्रधान सेनापति अशोकराज सिग्देलसँग शीतल निवासमै छलफल गरेका छन् । सिग्देल राष्ट्रपतिसँग परामर्शपछि शीतल निवासबाट जंगी अड्डा फर्किएका छन् ।

पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने सहमति भए पनि संसद विघटनबारे सहमति जुट्न बाँकी छ ।

राष्ट्रपति, प्रधानसेनापति र आन्दोलनकारी जेन-जीका प्रतिनिधि भएको वार्तामा कार्की र सुदन गुरुङले संसद् विघटन गर्नैपर्ने अडान राखेका छन् । तर प्रधानमन्त्रीको शपथ गराएर या त्यसपछि भन्ने अन्योल छ ।

संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले संसद् विघटनको सिफारिस गरेर पठाएपछि राष्ट्रपतिले अनुमोदन गर्नुपर्छ।

२०७७ र ०७८ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही संवैधानिक प्रक्रियाअनुसार प्रतिनिधिसभा भंग गरेकी थिइन् । तर दुवै पटकको प्रयासलाई सर्वोच्चले मान्यता दिएन ।

राष्ट्रपति पौडेलले संविधानमा थोरै क्षति हुने बाटो खोजिरहेका छन् । उनी नयाँ प्रक्रिया पनि संविधानसम्मत हुनुपर्ने पक्षमा छन् । उता सुशीला भने प्रतिनिधिसभा विघटन गराएर मात्रै शपथ लिने पक्षमा देखिएकी छन् ।

राष्ट्रपतिले पहिले नै प्रतिनिधिसभा विघटन गरेर कार्कीलाई शपथ खुवाउने कि उनले गृह मन्त्रालयको नयाँ भवनमा बसेर सिफारिस गरेपछि बल्ल विघटन गर्ने भन्नेमा गलफत्ती चलेको बताइएको छ । 

गत मंगलबारको विध्वंशपछि बाहिरिएका राष्ट्रपति पौडेल शीतल निवासमा फर्किएसँगै सेनाले राष्ट्रपति भवनमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  २ : ५६ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको