सुशीला कार्कीलाई योगेशले भने- भ्रम नफैल्याउनुस्, यही संविधानबाट निकास खोज्नुस् « Khabarhub

सुशीला कार्कीलाई योगेशले भने- भ्रम नफैल्याउनुस्, यही संविधानबाट निकास खोज्नुस्


२७ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई भ्रम नफैल्याउन आग्रह गरेका छन्।

गत मंगलबार र बुधबार काठमाडौँसहित देशभर भएको विध्वंशबारे निष्पक्ष र न्यायिक छानबिनको पक्षमा एमाले रहेको पनि भट्टराईले स्पष्ट पारेका छन् ।

उनले अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने चाहना राखेकी पूर्वप्रधानन्यायाधीश कार्कीलाई संविधानभित्रबाटै अहिलेको संकटको निकास खोज्न पनि सुझाएका छन् ।

उनले अहिले पनि आफूहरू संवैधानिक बाटोमै अडिग रहेको बताए । कुनै पनि विकल्प संविधानको परिधिभित्रै खोजिनुपर्नेमा उनले जोड दिएका छन् । ’हाम्रो जोड विकल्प संवैधानिक बाटोबाट होस् भन्ने हो’, उनले भनेका छन् ।

जेनजी आन्दोलनकारीहरूको मागबमोजिम पूर्वप्रधान न्यायाधीश कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउन राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख दलका नेताहरू सहमत भएका थिए ।

यस्तोमा सुशीलाले भ्रष्टाचारविरोधी आन्दोलनमा भएको दमनबिरुद्ध उच्चस्तरीय छानबिन गर्न नेताहरू असहमत भएको दाबी गरेकी थिइन् ।

सुशुला र उनीनिकटले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा फोनमा सम्पर्कमा आएका कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनमा बल प्रयोग, ३४ जनाको निधन र भ्रष्टाचारको छानबिन गर्न अस्वीकार गरेका समाचार आएसँगै एमाले सचिव भट्टराईले आपत्ति जनाएका हुन् । यही कुरालाई उनले भ्रमको संज्ञा दिएका हुन् ।

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  ४ : २४ बजे

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट