सुशीला कार्कीलाई योगेशले भने- भ्रम नफैल्याउनुस्, यही संविधानबाट निकास खोज्नुस् « Khabarhub

सुशीला कार्कीलाई योगेशले भने- भ्रम नफैल्याउनुस्, यही संविधानबाट निकास खोज्नुस्


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई भ्रम नफैल्याउन आग्रह गरेका छन्।

गत मंगलबार र बुधबार काठमाडौँसहित देशभर भएको विध्वंशबारे निष्पक्ष र न्यायिक छानबिनको पक्षमा एमाले रहेको पनि भट्टराईले स्पष्ट पारेका छन् ।

उनले अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने चाहना राखेकी पूर्वप्रधानन्यायाधीश कार्कीलाई संविधानभित्रबाटै अहिलेको संकटको निकास खोज्न पनि सुझाएका छन् ।

उनले अहिले पनि आफूहरू संवैधानिक बाटोमै अडिग रहेको बताए । कुनै पनि विकल्प संविधानको परिधिभित्रै खोजिनुपर्नेमा उनले जोड दिएका छन् । ’हाम्रो जोड विकल्प संवैधानिक बाटोबाट होस् भन्ने हो’, उनले भनेका छन् ।

जेनजी आन्दोलनकारीहरूको मागबमोजिम पूर्वप्रधान न्यायाधीश कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउन राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख दलका नेताहरू सहमत भएका थिए ।

यस्तोमा सुशीलाले भ्रष्टाचारविरोधी आन्दोलनमा भएको दमनबिरुद्ध उच्चस्तरीय छानबिन गर्न नेताहरू असहमत भएको दाबी गरेकी थिइन् ।

सुशुला र उनीनिकटले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा फोनमा सम्पर्कमा आएका कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनमा बल प्रयोग, ३४ जनाको निधन र भ्रष्टाचारको छानबिन गर्न अस्वीकार गरेका समाचार आएसँगै एमाले सचिव भट्टराईले आपत्ति जनाएका हुन् । यही कुरालाई उनले भ्रमको संज्ञा दिएका हुन् ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ४ : २४ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको