‘वामपन्थी दलप्रति आस्थावान् सबैजना एक ठाउँ उभिने सङ्कल्प गरौँ’ « Khabarhub

‘वामपन्थी दलप्रति आस्थावान् सबैजना एक ठाउँ उभिने सङ्कल्प गरौँ’


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले वामपन्थी विचारधारा बोकेका दलहरूका प्रति आस्थावान् सबैलाई एक ठाउँमा उभिने सङ्कल्प गर्न आह्वान गरेका छन् । 

उनले शुक्रबार सामाजिक सञ्जाल फेसबकमार्फत् अपिल जारी गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को ‘स्कुलिङ’बाट हुर्केका र वामपन्थी विचारधारा बोक्ने सबैलाई एक ठाउँमा उभिने सङ्कल्प गर्न आह्वान गरेका हुन् । 

‘हाम्रो विचार एउटै हो, नेताहरूका स्वार्थका खरानी रेखाले मात्रै हामीलाई विभाजित गरेको छ, हामी एक ठाउँमा उभिन्छौँ भनेर सङ्कल्प गर्नासाथ एउटा ऐतिहासिक राजनीतिक शक्ति जन्मिन्छ,’ महासचिव भुसालले भनेका छन्, ‘इतिहासको यस कालखण्डमा केवल एउटा सङ्कल्पको खाँचो छ, हामीलाई विभाजित गर्ने ती सबै बन्धन चुँडाल्न तयार होऔँ ।’

भुसालले मुलुकको पछिल्लो परिस्थितिमा देशभक्ति, लोकतन्त्र र मुलुकको समृद्धिको आकांक्षा बोकेका सबै राजनीतिकर्मीहरूलाई सम्पूर्ण बन्देजहरू भत्काएर खुल्ला छलफलमा उत्रिन पनि आह्वान गरेका छन् । 

पछिल्ला घटनाहरू सरकारको दुर्बुद्धिका कारणले मात्रै नभएर सत्तामा रहेका खलनायकका बेवकुफीमाथि सुनियोजित षडयन्त्रकारीहरूले फलाएको विषका कारण भएको कुरा स्पष्ट भईरहको उनको भनाइ छ ।

‘यस क्रममा हाम्रा अग्रजहरू र हामी आफैँले सदियौँ/दशकौँदेखि निर्माण गरेका देशभक्ति, लोकतन्त्र र सामाजिक न्यायका मूल्यहरूमाथि जुन खेलबाड हुँदैछ त्यसले वाम–लोकतान्त्रिक आन्दोलनमा हुर्केका लाखौँ इमानदार सदस्य तथा समर्थक–शुभचिन्तकहरूमा कहिल्यै नब्यहोरिएको पीडा, ग्लानी र छलपटी उत्पन्न गरेको छ,’ भुसालले भनेका छन् । 

उनले लोकतान्त्रिक गणतन्त्रले जिम्मेवारी र नैतिक मूल्यको नेतृत्व खोजे पनि नेतृत्वको अभावमा अहिलेको दृश्य देख्नु परेको जिकिर पनि गरेका छन् । 

‘हाम्रा पार्टीहरूलाई बिर्ता बनाएर नेताहरूको रजाइँ चल्न दिएको नालायकीको मूल्य आज हामीले तिर्दै छौँ । राम्रो पार्टी बन्यो भने आफ्नो सुविधा र पद खोसिने डर भएका मानिसहरू पार्टी नेतृत्वमा भर्ती गर्दै जाँदा पार्टी नेतृत्वको बहुमत नै यथास्थितिको पक्षमा उभिने अवस्था बन्यो,’ भुसालको अपिलमा भनिएको छ, ‘प्रश्न उठाउने तल्लो पङ्तिका असङ्ख्य कार्यकर्ताहरूको आवाज सबैजसो पार्टीका तथाकथित केन्द्रीय कमिटीहरूमा अल्पमतमा परिरह्यो । जसको एकमुस्ट परिणामस्वरूप हामी आफ्नै इतिहासको भग्नावशेषका डिलमा उभिएर यो सारा विध्वंसमा नजर डुलाउँदै छौँ ।’

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ४ : ४१ बजे

सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध

काठमाडौं– सुदूरपश्चिम प्रदेशका नौ जिल्लाको २६ पालिकालाई विनियोजन गरिएको रासायनिक

पसलबाट सुनचाँदी चोरी भएको नाटक गर्दा पुगे प्रहरीको हिरासतमा

रुपन्देही- बुटवलस्थित एक सुनचाँदी पसलबाट करिब डेढ करोड रुपैयाँ बराबरका

कश्मीरमा हेलिकप्टर दुर्घटना

इस्लामाबाद– कश्मीरको मुजफ्फराबाद सहर नजिकै प्राविधिक समस्याका कारण पाकिस्तानी सेनाको

संसद्‍मा ‘चिसै पानी’ले नुहाउन बाध्य भए प्रतिपक्षी !

काठमाडौं- प्रतिनिधिसभा सुरू भएदेखि निरन्तर आन्दोलित प्रतिपक्षी दलहरू पछिल्लो एजेन्डामा

महानगरद्वारा आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन

विराटनगर– आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट, नीति तथा