राजपुर–सलेना सडक स्तरोन्नति तीव्र « Khabarhub

राजपुर–सलेना सडक स्तरोन्नति तीव्र


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

गोदावरी– धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत पर्ने राजपुर–सलेना सडक स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढेको छ ।

धनगढी–खुटिया–बिपी नगर–दीपायल–चैनपुर–उरै भन्ज्याङ सडक आयोजना कार्यालयका इन्जिनियर दिनेशसिंह रैखोलाले उक्त सडक खण्डको काम ५० प्रतिशत सम्पन्न भएको बताए । 

विसं २०८१ साउन २२ गते ३ वर्षमा १४ किलोमिटर सडक कालोपत्र गरिसक्ने गरी सिएस, दुनिला, स्वार जेभीसँग रु ३८ करोडमा ठेक्कासम्झौता भएको उनले जानकारी दिए  ।

सो सडकखण्डअन्तर्गत पर्ने राजपुर–सलेनासम्मको १४ मिलोमिटर सडकमा बेस हाल्ने काम सम्पन्न भएर कालोपत्र गर्न मात्र बाँकी रहेको इन्जिनियर रैखोलाको भनाइ छ । 

सो सडक निर्माणको समयावधि २०८४ साउन २१ गतेसम्म बाँकी नै भए पनि निर्माण कम्पनीले तीव्र गतिमा निर्माणको काम गरिरहेको हुँदा चालु आर्थिक वर्षमा सम्पन्न हुन सक्ने उनले बताए ।

यसैगरी सो सडकखण्डको कैलालीमा पर्ने स्याउले–हाटखोलीसम्मको सात किलोमिटर सडकको बेसलाइनको काम सम्पन्न भएर कालोपत्र गर्न बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार सो सडक निर्माण सम्पन्न गर्न गत असार १४ गते दुई वर्षको म्याद सकिएपछि आगामी चैत २४ गतेसम्मका लागि म्याद थपिएको छ ।

२९ करोड ७१ लाख रुपैयाँ लागतमा सडक निर्माण गर्न २०७९ असार १६ गते कालिका वेदांशी जेभीसँग सम्झौता भएको थियो । 

सो सडक खण्डअन्तर्गत राजपुर–सलेना १४ र कैलालीको स्याउले–हाटखोली सात किलोमिटर गरी २१ किलोमिटर सडक कालोपत्र गर्ने काम चालु आर्थिक वर्षमै सम्पन्न हुने आयोजना कार्यालयले जनाएको छ । 

धनगढी–खुटिया–बिपी नगर–दीपायल–चैनपुर–उरै भन्ज्याङ सडक आर्थिक वर्ष २०७२/७३ मा निर्माण सुरु भएको निर्माण सुरु भएको थियो ।

१८६ किलोमिटर लम्बाइको सो उक्त सडकको गत असार मसान्तसम्म ४१ किलोमिटर मात्रै कालोपत्र भएको आयोजना कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

सो सडक निर्माणको कुल लागत अनुमान सात अर्ब ५४ करोड ६३ लाख ८१ हजार रुपैयाँ रहेकामा हालसम्म एक अर्ब ३९ करोड ७१ लाख ७८ हजार रुपैयाँ खर्च भएको छ । 

उक्त द्रुतमार्ग निर्माणका लागि सरकारले चालु आर्थिक वर्षमा रु १५ करोड विनियोजन गरेको छ । सडक निर्माणका लागि आवश्यक बजेट विनियोजन हुन नसकेकाले धनगढी–खुटिया–बिपी नगर–दीपायल–चैनपुर–उरै भन्ज्याङ सडक निर्माणको प्रगति सुस्त छ ।

आयोजना सुरु भएको १० वर्षमा ‘ट्र्याक’ खोल्ने काम सकिनाका साथै ४१ किलोमिटर सडक कालोपत्र र एउटा पुल निर्माण गरिएको छ । रासस

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ५ : १४ बजे

संसद्‍मा हर्कको टिप्पणी : बोल्नकै लागि पनि आन्दोलन गर्नुपर्ने भयो

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आफ्ना

पोखराको पर्यटन प्रवर्द्धन गरिँदै

गण्डकी– गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि पोखरा र कलकताका पर्यटन

वैशाखयता विपद्का घटनामा ९० जनाको मृत्यु, ५ सय बढी घाइते

काठमाडौं- चालू आर्थिक वर्षको वैशाख १ गतेदेखि जेठ २७ गतेसम्मको

नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने

काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरूले नापी कार्यालयबाट सेवा लिँदा तिर्नुपर्ने राजस्व

रास्वपाको नियतमाथि विपक्षीको शङ्कैशङ्का

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको