राजपुर–सलेना सडक स्तरोन्नति तीव्र « Khabarhub

राजपुर–सलेना सडक स्तरोन्नति तीव्र


२७ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

गोदावरी– धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत पर्ने राजपुर–सलेना सडक स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढेको छ ।

धनगढी–खुटिया–बिपी नगर–दीपायल–चैनपुर–उरै भन्ज्याङ सडक आयोजना कार्यालयका इन्जिनियर दिनेशसिंह रैखोलाले उक्त सडक खण्डको काम ५० प्रतिशत सम्पन्न भएको बताए । 

विसं २०८१ साउन २२ गते ३ वर्षमा १४ किलोमिटर सडक कालोपत्र गरिसक्ने गरी सिएस, दुनिला, स्वार जेभीसँग रु ३८ करोडमा ठेक्कासम्झौता भएको उनले जानकारी दिए  ।

सो सडकखण्डअन्तर्गत पर्ने राजपुर–सलेनासम्मको १४ मिलोमिटर सडकमा बेस हाल्ने काम सम्पन्न भएर कालोपत्र गर्न मात्र बाँकी रहेको इन्जिनियर रैखोलाको भनाइ छ । 

सो सडक निर्माणको समयावधि २०८४ साउन २१ गतेसम्म बाँकी नै भए पनि निर्माण कम्पनीले तीव्र गतिमा निर्माणको काम गरिरहेको हुँदा चालु आर्थिक वर्षमा सम्पन्न हुन सक्ने उनले बताए ।

यसैगरी सो सडकखण्डको कैलालीमा पर्ने स्याउले–हाटखोलीसम्मको सात किलोमिटर सडकको बेसलाइनको काम सम्पन्न भएर कालोपत्र गर्न बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार सो सडक निर्माण सम्पन्न गर्न गत असार १४ गते दुई वर्षको म्याद सकिएपछि आगामी चैत २४ गतेसम्मका लागि म्याद थपिएको छ ।

२९ करोड ७१ लाख रुपैयाँ लागतमा सडक निर्माण गर्न २०७९ असार १६ गते कालिका वेदांशी जेभीसँग सम्झौता भएको थियो । 

सो सडक खण्डअन्तर्गत राजपुर–सलेना १४ र कैलालीको स्याउले–हाटखोली सात किलोमिटर गरी २१ किलोमिटर सडक कालोपत्र गर्ने काम चालु आर्थिक वर्षमै सम्पन्न हुने आयोजना कार्यालयले जनाएको छ । 

धनगढी–खुटिया–बिपी नगर–दीपायल–चैनपुर–उरै भन्ज्याङ सडक आर्थिक वर्ष २०७२/७३ मा निर्माण सुरु भएको निर्माण सुरु भएको थियो ।

१८६ किलोमिटर लम्बाइको सो उक्त सडकको गत असार मसान्तसम्म ४१ किलोमिटर मात्रै कालोपत्र भएको आयोजना कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

सो सडक निर्माणको कुल लागत अनुमान सात अर्ब ५४ करोड ६३ लाख ८१ हजार रुपैयाँ रहेकामा हालसम्म एक अर्ब ३९ करोड ७१ लाख ७८ हजार रुपैयाँ खर्च भएको छ । 

उक्त द्रुतमार्ग निर्माणका लागि सरकारले चालु आर्थिक वर्षमा रु १५ करोड विनियोजन गरेको छ । सडक निर्माणका लागि आवश्यक बजेट विनियोजन हुन नसकेकाले धनगढी–खुटिया–बिपी नगर–दीपायल–चैनपुर–उरै भन्ज्याङ सडक निर्माणको प्रगति सुस्त छ ।

आयोजना सुरु भएको १० वर्षमा ‘ट्र्याक’ खोल्ने काम सकिनाका साथै ४१ किलोमिटर सडक कालोपत्र र एउटा पुल निर्माण गरिएको छ । रासस

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  ५ : १४ बजे

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट