प्रशासनको सक्रियताले कैदीबन्दी भाग्न पाएनन् « Khabarhub

प्रशासनको सक्रियताले कैदीबन्दी भाग्न पाएनन्


२७ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– स्थानीय प्रशासन र सुरक्षा निकायको सक्रियताको कारणले वीरगञ्ज कारागारमा रहेका कैदीबन्दी भाग्न पाएनन् ।

मुलुकभरका अधिकांश कारागारबाट कैदीबन्दी भाग्दा पनि एक हजार ३०० भन्दा बढी कैदीबन्दीलाई सुरक्षित ढङ्गले कारागारमा नै राख्न सफल भएको वीरगञ्ज कारागारले जनाएको छ । 

कारागार कार्यालयका प्रशासक बाबुलाल रेग्मीका अनुसार मंगलबार रातिदेखि नै कैदीबन्दीले कारागारभित्रको सिसीक्यामेरा फुटाउने, भत्केका संरचना ध्वस्त पार्ने र तीन ठाउँबाट कारागारको पर्खाल भत्काएर भाग्ने कोसिस गरे पनि तत्कालै नियन्त्रणमा लिन सकिएको बताए ।

‘कैदीबन्दीले तीन स्थानबाट पर्खाल भत्काएर कारागारबाट भाग्ने प्रयास गरेका थिए’, उनले भने, ‘पटक–पटक उम्कने प्रयास गरेका थिए । तर भाग्न सकेनन् । मानवीय क्षति हुनबाट पनि जोगायौँ ।’ कारागार प्रशासक रेग्मीले सम्पूर्ण कैदीबन्दी पूर्ण रूपमा सुरक्षित रहेको जानकारी दिए  ।

पर्साका प्रहरी प्रमुख गौतम मिश्रले हवाई फायर तथा घुँडामुनि गोली चलाएर कैदीबन्दीलाई नियन्त्रणमा लिन सकिएको बताए । अहिले वीरगञ्ज कारागारमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी खटिएका छन् । रासस

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  ५ : २४ बजे

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।