प्रदर्शनका क्रममा निस्केका सिसालाई अन्य फोहरसँग नमिसाउन आग्रह « Khabarhub

प्रदर्शनका क्रममा निस्केका सिसालाई अन्य फोहरसँग नमिसाउन आग्रह


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँ महानगरपालिकाले जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त भएका संरचनाबाट निस्केका सिसाजन्य फोहरलाई अन्य फोहरसँग नमिसाउन सम्बन्ध सबैसँग आग्रह गरेको छ ।

कामपा वातावरण विभागका प्रमुख सरिता राईले आज एक सूचना जारी गर्दै सिसाजन्य फोहरलाई सामान्य फोहरसँगै ल्याण्डफिल साइड पु¥याउन नमिल्ले भएकाले नमिसाउन आग्रह गरेका हुन् ।

फोहर सङ्कलनसँग सम्बन्धित निजी क्षेत्र, व्यक्ति संस्था तथा सरकारी कार्यालयलाई सामान्य फोहरसँग सिसाजन्य वस्तु मिसाउँदा समस्या हुने भएकाले सूचनामार्फत जानकारी दिइएको वातावरण विभाग प्रमुख राईले बताए । सिसाजन्य फोहरलाई छुट्टै सङ्कलन गरी आफ्नै घरको परिसर वा कार्यलय परिसरभित्र सुरक्षित रूपमा राख्न कामपाले सबै सरोकार भएका निकायलाई आग्रह गरेको हो ।

यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा सडकबाट निस्केका फोहर व्यवस्थापनको काममा अहिले कामपा लागिरहेको प्रमुख राईले जानकारी दिए । उनका अनुसार सडक सफा गर्ने काम सकेपछि कामपाले व्यक्तिको घर तथा कार्यालय सफा गर्न सुरु गर्नेछ । यसैबीच, फोहर व्यवस्थापन गरिदिनका लागि कामपालाई विभिन्न सङ्घ संस्थाहरूले आग्रह गरिरहेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ५ : ५३ बजे

सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध

काठमाडौं– सुदूरपश्चिम प्रदेशका नौ जिल्लाको २६ पालिकालाई विनियोजन गरिएको रासायनिक

पसलबाट सुनचाँदी चोरी भएको नाटक गर्दा पुगे प्रहरीको हिरासतमा

रुपन्देही- बुटवलस्थित एक सुनचाँदी पसलबाट करिब डेढ करोड रुपैयाँ बराबरका

कश्मीरमा हेलिकप्टर दुर्घटना

इस्लामाबाद– कश्मीरको मुजफ्फराबाद सहर नजिकै प्राविधिक समस्याका कारण पाकिस्तानी सेनाको

संसद्‍मा ‘चिसै पानी’ले नुहाउन बाध्य भए प्रतिपक्षी !

काठमाडौं- प्रतिनिधिसभा सुरू भएदेखि निरन्तर आन्दोलित प्रतिपक्षी दलहरू पछिल्लो एजेन्डामा

महानगरद्वारा आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन

विराटनगर– आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट, नीति तथा