सुशीला कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्ने तयारी « Khabarhub

सुशीला कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्ने तयारी


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेन–जी आन्दोलनले उग्र रूप लिएपछि उत्पन्न राजनीतिक संकटका बीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने तयारी गरिएको छ। आज राति नै उनको सपथको तयारी समेत भइरहेको छ ।

केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि रिक्त बनेको पदमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई जिम्मेवारी दिन लागेका हुन्।

राष्ट्रपतिका प्रेस संयोजक किरण पोखरेलका अनुसार कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल गठन हुने छ, जसका सदस्यहरूको नाम अन्तिम चरणमा पुगेको बताइएको छ।

गत सोमबार र मंगलबार देशभर भएका प्रदर्शनहरूमा युवाहरूले भ्रष्टाचारविरुद्ध कडा आवाज उठाएका थिए। साथै, सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध खारेज गर्न माग गरिएको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ८ : ४६ बजे

सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध

काठमाडौं– सुदूरपश्चिम प्रदेशका नौ जिल्लाको २६ पालिकालाई विनियोजन गरिएको रासायनिक

पसलबाट सुनचाँदी चोरी भएको नाटक गर्दा पुगे प्रहरीको हिरासतमा

रुपन्देही- बुटवलस्थित एक सुनचाँदी पसलबाट करिब डेढ करोड रुपैयाँ बराबरका

कश्मीरमा हेलिकप्टर दुर्घटना

इस्लामाबाद– कश्मीरको मुजफ्फराबाद सहर नजिकै प्राविधिक समस्याका कारण पाकिस्तानी सेनाको

संसद्‍मा ‘चिसै पानी’ले नुहाउन बाध्य भए प्रतिपक्षी !

काठमाडौं- प्रतिनिधिसभा सुरू भएदेखि निरन्तर आन्दोलित प्रतिपक्षी दलहरू पछिल्लो एजेन्डामा

महानगरद्वारा आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन

विराटनगर– आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट, नीति तथा