सुशीला कार्कीको शपथलगत्तै यी तीनजना हुनेछन् मन्त्री « Khabarhub

सुशीला कार्कीको शपथलगत्तै यी तीनजना हुनेछन् मन्त्री


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्रीमा नियुक्ति भएपछि सुशीला कार्कीले शुक्रबार नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्दै छिन्।

मन्त्रालय टुङ्गो नलागे पनि मन्त्रीहरूको नाम भने टुङ्गो लागेको छ। कार्कीनिकट उच्च स्रोतका अनुसार नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ,जेन-जीका तर्फबाट सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्यालले मन्त्रीको शपथ लिने छन् ।

उनीहरूले पाउने मन्त्रालयको भने टुङ्गो लागिनसकेको प्रधानमन्त्री हुन लागेकी कार्की निकट स्रोतको भनाइ छ । गुरुङ जी–एनजीका तर्फबाट मन्त्रीका लागि सिफारिस भएका थिए। स्रोतका अनुसार उनको नागरिकतामा स्थायी ठेगाना गोरखा रहेको छ।

तर उनले धरानमा व्यवसाय गरेर बसिरहेको बताइएको छ। प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङ केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला बर्खास्त भएका व्यक्ति हुन् ।

उनकै नेतृत्वमा नेपालमा लोडसेडिङ अन्त्य गरेको बताइन्छ। यता अर्याल काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहका कानुनी सल्लाहकार हुन्। उनले केही समयअगाडि बालेनको सल्लाहकारबाट बिदा भएर स्वतन्त्र कानुन व्यवसायीका रूपमा काम गर्दै आएका थिए।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ९ : ०२ बजे

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु