प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण समारोह (तस्बिरहरू) « Khabarhub

प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण समारोह (तस्बिरहरू)


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जेन-जी प्रदर्शनपछि निम्तिएको राजनीतिक शून्यता प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएसँगै तत्काललाई टरेको छ ।

सोमबार आयोजित जेन-जी प्रदर्शनमा दमन गरेपछि मङ्गलबार निवर्तमान सरकार ढलेको थियो । बुधबार बेलुकीदेखि सुरु भएको अन्तरिम सरकार गठन प्रयास चार दिनपछि शुक्रबार साँझ टुङ्गोमा पुगेको हो ।

देशकी प्रथम महिला प्रधानन्यायाधीश भइसकेकी सुशीला कार्की आजबाट देशको प्रथम महिला प्रधानमन्त्री बनेकी छिन्‌ । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई ६ महिना (आगामी फागुन) भित्र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्ने शर्तमा प्रधानमन्त्री नियुक्त गरेका हुन्‌ ।

जेन-जी प्रदर्शन क्रममा निर्मम दमन भएपछि भोलिपल्ट मङ्गलबार आक्रोशित अनियन्त्रित भीड राजनीतिक पङ्क्तिमाथि खनिएको थियो । प्रदर्शनमा घुसपैठ गरेको अराजक समूहले नेताहरूको निजी निवासमा समेत आगजनी गरेको थियो ।

सिंहदरबार र बालुवाटारमै आगजनी हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्री र नेताहरूलाई सेनाले उद्दार गरी आफ्नो आश्रयमा राखेको छ ।

त्यसैले; जेन-जी अभियन्तासमेत सहभागी शपथग्रहण समारोहमा डा. बाबुराम भट्टराई बाहेक अन्य प्रधानमन्त्रीहरू उपस्थित भएनन् । न्यायपालिका र प्रशासनका प्रमुखहरू तथा कूटनीतिक निकायमा प्रतिनिधिहरूसामु कार्कीले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन्‌ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ११ : ०८ बजे

सडक विस्तारका क्रममा पहिरो खस्दा दुई जनाको मृत्यु

नुवाकोट – नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारका क्रममा खसेको

धनुषामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

धनुषा – यहाँको धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज सवारी

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न समयमा तयार गरिएका तीन

सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी – सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा