सुनसरीमा गोली हानेर सिटी सफारी चालकको हत्या « Khabarhub

सुनसरीमा गोली हानेर सिटी सफारी चालकको हत्या


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

इटहरी- सुनसरीमा गोली प्रहार गरेर एकजना सिटी सफारी चालकको हत्या गरिएको छ ।

रामधुनी नगरपालिका-२ तनमुनास्थित सडकमा सिटी सफारी चालकलाई गोली हानेर हत्या गरिएको हो ।

स्थानीय ४७ वर्षीय दिनेशकुमार चौधरीको हत्या भएको प्रहरीले जनाएको छ ।

नगरको भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र. १–०२–००४ ह ७८०४ नम्बरको सिटी सफारी चलाइरहेका उनको बायाँ छातीमा गोली हानिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा आएका तीनजनाको समूहले गोली हानेर हत्या गरेका खुलेको छ । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले शनिबार साँझ साढे ५ बजेतिर घटनाबारे प्रहरीलाई जानकारी आएको बताए ।

चौधरीको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि गलिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दाहालले बताए ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ११ : ५० बजे

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली