सुनसरीमा गोली हानेर सिटी सफारी चालकको हत्या « Khabarhub

सुनसरीमा गोली हानेर सिटी सफारी चालकको हत्या


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

इटहरी- सुनसरीमा गोली प्रहार गरेर एकजना सिटी सफारी चालकको हत्या गरिएको छ ।

रामधुनी नगरपालिका-२ तनमुनास्थित सडकमा सिटी सफारी चालकलाई गोली हानेर हत्या गरिएको हो ।

स्थानीय ४७ वर्षीय दिनेशकुमार चौधरीको हत्या भएको प्रहरीले जनाएको छ ।

नगरको भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र. १–०२–००४ ह ७८०४ नम्बरको सिटी सफारी चलाइरहेका उनको बायाँ छातीमा गोली हानिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा आएका तीनजनाको समूहले गोली हानेर हत्या गरेका खुलेको छ । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले शनिबार साँझ साढे ५ बजेतिर घटनाबारे प्रहरीलाई जानकारी आएको बताए ।

चौधरीको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि गलिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दाहालले बताए ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ११ : ५० बजे

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।