हरेक काम जनतासँग जोडिएर गर्न मुख्यमन्त्री कँडेलको आग्रह « Khabarhub

हरेक काम जनतासँग जोडिएर गर्न मुख्यमन्त्री कँडेलको आग्रह


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कर्णाली- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले हरेक काम जनतासँग जोडिएर गर्नुपर्ने बताएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा आइतबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) नगर कमिटी र निर्वाचित जनप्रतिनिधिसँगको छलफल कार्यक्रममा उनले आफूलाई राम्रो लाग्ने काम नभई जनताको जीवनमा सकारात्मक प्रभाव पार्ने काममा ध्यान केन्द्रित गर्न आग्रह गरे । 

उनले भने, ‘जनताले समर्थन गर्ने काम गर्नुस्, जनताको भावना, सुझाव र अपेक्षालाई प्राथमिकता दिएर अघि बढ्दा मात्र राजनीतिक दल र जनप्रतिनिधिको विश्वसनीयता बलियो हुँदै जान्छ ।’

मुख्यमन्त्री कँडेलले सुरक्षित र स्थिर समाज निर्माण गर्न जनतासँगको सम्बन्ध सुमधुर र विश्वासिलो हुन आवश्यक रहेको उल्लेख गरे । जिम्मेवारीमा रहेका जनप्रतिनिधिलाई उनले वडास्तरमै सहकार्य बढाउन, असामान्य परिस्थिति अन्त्य गर्न र सर्वदलीय बैठकमार्फत साझा समस्या समाधान गर्न निर्देशन दिए । 

छलफलमा मुख्यमन्त्री कँडेलले जनप्रतिनिधिलाई आफ्ना कामको नियमित समीक्षा गर्न, गल्ती सुधार गर्न र सही अभ्यासलाई संस्थागत बनाउन आग्रह गरेका थिए । रासस

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  १२ : २७ बजे

भारतविरुद्ध पाकिस्तानको संघर्ष, गुमायो ७ विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

चलेन बाबर आजमको ब्याटिङ, ५ रनमा आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या

काठमाडौँ- सर्लाहीको मंगलवामा गैली हानी हत्या गरिएको छ । आइतबार

पाकिस्तानले पहिलो ओभरमै गुमायो विकेट, साहिबजादा फरहान शुन्य रनमै आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

यो चुनाव ‘देश बनाउने र जलाउने’ शक्तिहरूबीचको महासंग्राम : ओली

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी