इजिप्टमा सडक दुर्घटनामा तीन कतारी कूटनीतिज्ञको मृत्यु « Khabarhub

इजिप्टमा सडक दुर्घटनामा तीन कतारी कूटनीतिज्ञको मृत्यु


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कायरो- इजिप्टको लोकप्रिय पर्यटकीय सहर शार्म अल–शेख नजिक आइतबार बिहान भएको भीषण सवारी दुर्घटनामा तीन जना कतारी कूटनीतिज्ञको निधन र दुई जना घाइते भएका छन् । उक्त घटनाको पुष्टि खाडी मुलुक कतारको इजिप्टस्थित दूतावासले गरेको हो । दूतावासका अनुसार मृतक सबै जना कूटनीतिक प्रतिनिधिमण्डलका सदस्य थिए ।

उनीहरू पछिल्ला दिनहरूमा गाजाको युद्धविराम र बन्धक मुक्तिका विषयमा भइरहेको वार्तामा सहभागी हुन लाल सागरको किनारमा अवस्थित शार्म अल–शेख सहर आएका थिए । इजिप्टेली राज्य–सम्बन्धित समाचार संस्था अल–काहेरा न्युजका अनुसार गाडीको स्टियरिङ नियन्त्रण गुम्दा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

दुर्घटनाग्रस्त गाडीमा पाँच जना कतारी र एक जना इजिप्टेली चालक रहेका थिए । कायरोस्थित कतारी दूतावासले एक विज्ञप्ति जारी गर्दै तीन कूटनीतिज्ञको निधनप्रति ‘गहिरो दुःख र समवेदना’ व्यक्त गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “मृतक र घाइतेहरूलाई आज नै विशेष कतारी विमानमार्फत दोहा लगिनेछ।” साथै, दुई जना घाइतेलाई हाल शार्म अल–शेख अन्तर्राष्ट्रिय अस्पतालमा आवश्यक उपचार दिइरहेको उल्लेख गरिएको छ । कतारले पछिल्ला महिनाहरूमा गाजाको युद्धविरामका लागि इजिप्ट र संयुक्त राज्य अमेरिकासँग मिलेर सक्रिय मध्यस्थता गर्दै आएको छ ।

उक्त प्रयासका क्रममा इजरायलले गत शुक्रबार बिहान ०९०० जिएमटीदेखि युद्धविराम लागू भएको घोषणा गरेको थियो । यसैबीच शार्म अल–शेख सहरले सोमबारदेखि सुरु हुने शान्ति शिखर सम्मेलनको तयारी गरिरहेको छ ।

उक्त सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले संयुक्त अध्यक्षता गर्नेछन् । यो बैठकमा गाजा पट्टीमा जारी युद्ध अन्त्य गर्ने सम्भावनाबारे छलफल गर्न २० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  १२ : ३४ बजे

भोटेकोशी बाढीः १३ सय ९५ शव फेला : पाँच हजार अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको

प्रतिनिधिसभाको बैठक बस्दै: के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ ३० गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ ३० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३० गते मंगलबार सन् २०२६