ललितपुर र काठमाडौँ प्रहरीमा बालेन्द्र-सुधनविरुद्ध नेविसंघले दियो उजुरी | Khabarhub Khabarhub

ललितपुर र काठमाडौँ प्रहरीमा बालेन्द्र-सुधनविरुद्ध नेविसंघले दियो उजुरी


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत भदौ २३र २४ गते भएको जेन-जि आन्दोलनका क्रममा घुसपैठ गराएर निजी र राष्ट्रिय सम्पत्ति जनाएको आरोपमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह र जेन-जी आन्दोलनका अगुवा बताउने सुधन गुरुङविरुद्ध जाहेरी दिएको छ ।

उक्त घुसपैठ गराएर आगजनी र तोडफोड गराएको तथा विद्यार्थीहरूलाई विद्यालय पोसाकमै आन्दोलनमा जान उकासेकाे आरोप नेविसंघले लगाएको छ।

जाहेरीमा बालेन र सुधनले भिड उतारेर राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको पनि आरोप लगाएको छ ।

नेविसंघले बालेन्द्र र हामी नेपालका संस्थापक गुरुङविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुर र जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएको हो ।

यसअघि नेकपा एमालेनिकट अनेरास्ववियुले पनि बालेन्द्र र सुधनविरुद्ध जाहेरी दिइसकेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध कारबाहीको दबाब बालेन र सुधन दुवैले बढाइरहेका छन् ।

उनीहरूले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालमाथि ओली र लेखकलाई पक्राउको दबाब दिइरहँदा उल्टै दुवैविरुद्ध पनि जाहेरी पर्न थालेको हो ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  १२ : ३९ बजे

ट्रम्पद्वारा नेतान्याहूलाई माफी दिन राष्ट्रपति हर्जोगसँग आग्रह

एजेन्सी– इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट

पार्टी प्रवेश गर्ने नेताहरूलाई उचित जिम्मेवार दिइनेछ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का  महासचिव शंकर पोखरेलले पार्टी प्रवेश

फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा 

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–५ स्थित श्री

मुख्यमन्त्री यादवको नियुक्तिको वैधताबारे सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं– सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधताबारे