ललितपुर र काठमाडौँ प्रहरीमा बालेन्द्र-सुधनविरुद्ध नेविसंघले दियो उजुरी « Khabarhub

ललितपुर र काठमाडौँ प्रहरीमा बालेन्द्र-सुधनविरुद्ध नेविसंघले दियो उजुरी


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत भदौ २३र २४ गते भएको जेन-जि आन्दोलनका क्रममा घुसपैठ गराएर निजी र राष्ट्रिय सम्पत्ति जनाएको आरोपमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह र जेन-जी आन्दोलनका अगुवा बताउने सुधन गुरुङविरुद्ध जाहेरी दिएको छ ।

उक्त घुसपैठ गराएर आगजनी र तोडफोड गराएको तथा विद्यार्थीहरूलाई विद्यालय पोसाकमै आन्दोलनमा जान उकासेकाे आरोप नेविसंघले लगाएको छ।

जाहेरीमा बालेन र सुधनले भिड उतारेर राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको पनि आरोप लगाएको छ ।

नेविसंघले बालेन्द्र र हामी नेपालका संस्थापक गुरुङविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुर र जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएको हो ।

यसअघि नेकपा एमालेनिकट अनेरास्ववियुले पनि बालेन्द्र र सुधनविरुद्ध जाहेरी दिइसकेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध कारबाहीको दबाब बालेन र सुधन दुवैले बढाइरहेका छन् ।

उनीहरूले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालमाथि ओली र लेखकलाई पक्राउको दबाब दिइरहँदा उल्टै दुवैविरुद्ध पनि जाहेरी पर्न थालेको हो ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  १२ : ३९ बजे

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको