म्याग्दे गाउँपालिकाले विपन्नका लागि घर बनाइदिने « Khabarhub

म्याग्दे गाउँपालिकाले विपन्नका लागि घर बनाइदिने


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

दमौली– यहाँको म्याग्दे गाउँपालिकाले चालु आर्थिक वर्षमा आर्थिक रूपमा विपन्न वर्गलाई १२ वटा नमुना आवास निर्माण गर्ने भएको छ ।

म्याग्देले कूल ६० नमुना आवास निर्माण गर्ने घोषणा गरेबमोजिम गत आवसम्म ४८ घर निर्माण गरी लाभग्राहीलाई हस्तान्तरण गरिसकेको छ । 

सोही योजनाबमोजिम चालु आवमा १२ वटा घर निर्माण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

हालका जनप्रतिनिधि निर्वाचित भएर आएदेखि पाँच वर्षभित्र विपन्न वर्गलाई ६० वटा घर बनाउने लक्ष्यसहित पालिका अगाडि बढेको उनको भनाइ छ । 

चालु आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम तथा नेपाल सरकारको समपूरक योजनाबाट आर्थिक रूपमा विपन्न वर्गलाई नमुना आवास कार्यक्रमअन्तर्गत उक्त आवास निर्माण गरिने गाउँपालिकाले जनाएको छ ।

म्याग्देका सातवटै वडाबाट छानिएका अतिविपन्न व्यक्तिलाई उक्त घर हस्तान्तरण गरिनेछ । सातवटै वडाबाट छानिएका लाभग्राहीको नामावली सार्वजानिक गरिएको छ ।

वडा नं १ का एक, वडा नं २ का एक, वडा नं ३ का दुई, वडा ४ का दुई, वडा नं ५ का दुई, वडा नं ६ का दुई र वडा नं ७ का दुई जना रहेका छन् । वडा नं १ र २ का दुई/दुई जनालाई वैकल्पिक लाभग्राहीको सूचीमा राखिएको छ । 

नमुना आवास निर्माणका लागि छनोट भएका लाभग्राहीले सात दिनभित्रमा घर बन्ने जग्गाको सक्कल लालपुर्जा, जग्गाको नापी नक्सा र नागरिकताको प्रमाणपत्रसहित गाउँपालिकामा सम्पर्क राख्न गाउँपालिकाले अनुरोध गरेको छ ।

गाउँपालिकाले घरविहीन वा जोखिमयुक्त घरमा बस्न बाध्य रहेका परिवारलाई लक्षित गर्दै यो ‘नमुना आवास कार्यक्रम’ सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । उनका अनुसार सम्बन्धित वडा कार्यालयको सिफारिसका आधारमा विपन्न लाभग्राही छनोट गरिएको हो । 

उनले भने, ‘मैले निर्वाचित भएपछि पाँच वर्षभित्रमा कम्तीमा ६० घर बनाउँछौँ भन्ने प्रतिबद्धताअनुसार अहिलेसम्म ४८ घर बनाएर हस्तान्तरण गरिएको र बाँकी १२ वटा घर यसै आवमा हस्तान्तरण गरिनेछ ।’ रासस
 
 

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  १ : ०१ बजे

अस्पतालको गेटमै बच्चा जन्माउन बाध्य भइन् बबिता, सांसदहरूले भने : पैसा नहुने गरिबले यो देशमा उपचार नपाउने हो ?

राजविराज- सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

जलवायु असर अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सरकारलाई सुझाव

काठमाडौं– कृषि तथा प्राकृतिक स्रोत समितिले हिमाली तथा उच्च जोखिमयुक्त

उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा बुझाएकी

प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा

युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान

हेलसिन्की- निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति