पोखरामा यसवर्ष धानको उत्पादन बढ्ने « Khabarhub

पोखरामा यसवर्ष धानको उत्पादन बढ्ने


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गण्डकी– यसवर्ष पोखरा महानगर क्षेत्रमा धानको उत्पादन बढ्ने भएको छ । धानका लागि मौसम अनुकूल रहनुका साथै फाँटमा धानबाली सप्रिएकाले उत्पादन बढ्ने अनुमान गरिएको हो ।

पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले यस वर्ष गत वर्षको तुलनामा धानको उत्पादन बढ्ने अनुमान गरिएको बताए । उनका अनुसार पोखरा महानगर क्षेत्रमा वार्षिक ३८ हजार मेट्रिकटन धान उत्पादन हुने गरेको छ ।

स्थानीय जातको धान प्रवर्द्धन गर्ने उद्देश्यका साथ महानगरले बर्सेनि पोखरेली जेठोबूढो धानको बीउ अनुदानमा वितरण गर्दै आएको जानकारी दिँदै उनले यस वर्ष आठ हजार किलो बीउ वितरण गरिएको बताए  । 

कृषि विकास शाखा प्रमुख कडरियाका अनुसार पोखराका पामे, बिरौटा, कुडहर, अर्मला, आर्वाका साथै लेखनाथ क्षेत्रका पटनेरी, सिसुवा, सुरौदी, मालमुल, गगनगौँडालगायत स्थानका फाँटमा धान उत्पादन प्रशस्त हुने गरेको छ । 

‘पोखरा क्षेत्रमा मनसुलीसहित अन्य नयाँ उन्नत जातका धान पाक्न थालेका छन् । कतिपय कृषकले काट्न थालिसकेका छन्’, उनले भने, ‘स्थानीय जातका जेठोबूढोलगायत धान पाक्न अलि ढिलो हुन्छ ।’ रासस
 

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  १ : ५० बजे

आईपीएल : राजस्थानले टस जित्यो, आरसिबीले ब्याटिङ गर्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा राजस्थान

आर्थिक गणनाका लागि २० जना सुपरीवेक्षक खटिने

बैतडी – आगामी वैशाख २ गतेदेखि सुरु हुने आर्थिक गणनाका

इरानसँगको वार्ता गर्न अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तानमा

काठमाडौँ – अमेरिकी उपराष्ट्रपति जेडी भान्स इरानसँग हुने महत्वपूर्ण वार्ताका

वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने प्रचार सामग्री तीन दिनभित्र हटाउन निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा

ठगी मुद्दामा फरार युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक पक्राउ

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी मुद्दामा फरार युनिटी लाइफ